पशुमाथिको अत्याचार अन्त्य गर

छाडा कुकुर र पशु अधिकारको संरक्षणमा तन–मन–धन दिएर वर्षौंदेखि लागेकी स्नेहा श्रेष्ठको आश्रममा यतिखेर २०० हराहारीमा कुकुर छन् ।

काठमाडौँको चोभारस्थित ‘स्नेहाज् केयर’ नामक सो आश्रममा ती कुकुर स्नेहाले आफैं ल्याउनुभएको होइन । ‘आमा मारिएर विचल्लीमा परेका, कुटेर, एसिड खन्याएर, काटेर, गाडीले कुल्चेर घाइते बनेका कुकुरलाई सडकबाट टिपेर ल्याउँछु,’ उनले भने – ‘फर्काउन मिल्नेलाई फेरि सडकमै फर्काउँछु, फर्किन नसक्ने यहीँ बस्छन् ।’

काठमाडौँ र आसपास जिल्लाको मासु र मःम उपभोगका लागि तराईदेखि काठमाडौँसम्म राँगाभैँसी ल्याउने क्रममा भएका दुव्र्यव्यहार आफ्नै आँखा अगाडि देखेकी श्रेष्ठले बनाएको छोटो वृत्तचित्र हेरेपछि नारीवादी लेखक शीतल दाहालले एउटाको अधिकारको कुरा गर्दा अरूको अधिकारबारे भुल्न नहुने बताए ।

उनले भने, ‘पशुअधिकारका लागि स्नेहा श्रेष्ठले गरेको प्रयत्न सराहनीय छ तर यो विषय स्नेहाको मात्रै नभएर सबै सचेत नेपाली नागरिकको हो । मःमका लागि पशुमाथि यतिसम्मको अत्याचार हुनु के जायज हो र ? भनी उहाँले प्रश्न गर्नुभयो ।’

कुनै बेला घरमा आफ्ना पतिले ल्याएका कुकुरप्रति कुनै चासो नराख्ने स्नेहाले विस्तारै घरको कुकुरमाथि दया गर्न थाले । कुकुर कराएको भन्दै कुनै छिमेकीले उहाँको कुकुरलाई बिख खुवाएर मारिदियो ।

आफ्नो घरको कुकुर मरेपछि स्नेहाको स्नेहले भौतिक आकार लिन थाल्यो । कुकुर मरेपछि उहाँलाई शहरभित्रका सडकमा परित्यक्त कुकुर देख्दा पीडा हुन थाल्यो र अन्ततः उनले सडकका कुकुरकै सेवामा जीवन जिउने प्रण गरे ।

आफ्ना व्यावसायिक र प्राणी सेवाको दैनिक जिम्मेवारी सकेर आफ्नो घर हात्तीवनसम्म जाँदा लगनखेलमा रातको बेला भैँसी व्यापारीले ट्रकबाट भैँसी पछारेको देखेका थिए ।

कुकुरलाई दया देखाउने उहाँले धेरै पटक यस्ता दृश्य देखेपछि खप्न सक्नुभए । भैँसीलाई तराईदेखि काठमाडौँसम्म ल्याउने क्रममा गरिने दुव्र्यवहारको एउटा डकुमेन्ट्री नै तयार पारे । सो वृत्तचित्रको सानो रूप ‘काठमाण्डु मिट ः क्रुअल्टी एक्स्पोज्ड’ तयार भइसकेको छ र छिट्टै यसको पूर्ण स्वरूप पनि आउने बताइएको छ ।

तराईका गाउँगाउँबाट त्यहाँका स्थानीय बसपार्कमा थुपारिएका राँगा, पाडा र दूध नदिने वृद्ध भैँसी ट्रकमा कोचेर काठमाडौ ल्याउने चलन दशकौँ पुरानो हो । सर्वसाधारणले बेलाबेलामा ¥यालसिंगान बगाएका, थकित र आँखामा कचेरा परेका भैंसीपाडालाई ट्रकमा ओसारिएको देखे पनि यसभित्रको सबै कथाव्यथा उनीहरूलाई थाहा नहुन सक्छ ।

अहिले राजधानीमा मात्रै ५०० देखि ५५०को शंख्यामा भैँसी त्यसरी भित्रन्छन् । सरकारले जारी गरेको ‘पशु ढुवानी मापदण्ड, २०६४’ मा पशु ढुवानी गर्दा ‘पशुलाई हलचल गर्न सकिने, घाउचोट नलाग्ने, अत्यधिक चिसो वा तातोबाट बचाइ, एकापसमा ठोकिएर अङ्गभंग नहुनेगरी ढुवानी गर्र्नुपर्नेछ’ भनी उल्लेख छ ।

त्यतिमात्रै होइन, ‘पशु ढुवानी गर्दा पशुमा तनाव हुने, श्वास फेर्न गाह्रो हुने, डाम पार्ने, हृदयाघात, धपेडी, घाममा अत्यधिक जलन हुने, पेट ढाडिने, विषाक्तपन, शिकार, जनवियोजन थकावट, घाउचोट, पीडा, जुध्ने र अंगभंग हुनेजस्ता अवस्था सिर्जना हुन गएमा पशुप्रति असावधानी व्यवहार भएको ठहरिने’ समेत उल्लेख छ ।

‘कसैले पनि लौरो, छडी वा अन्य कुनै औजारको प्रयोग गरेर वा शरीरको कुनै पनि भागमा खुर्सानी वा यस्तै कुनै पीडादायक पदार्थ लगाएर यातना दिन, लघार्न, अत्याउन वा दौडाएर ढुवानी गर्नु हुँदैन’ भन्ने पनि मापदण्डमा उल्लेख छ । मापदण्डमा ढुवानीका क्रममा ‘चरन, दानापानी र आराम’को समेत उल्लेख गर्ने कुरो भए पनि करीब २४ घण्टा भोकभाकै राखेर भैँसी काठमाडौँ ल्याउने गरिएको छ ।

त्यतिमात्रै होइन, धेरै भैँसी कोच्न सकियोस् भनेर सबै भैँसीलाई उभ्भिन वाद्य पारिन्छ र असह्य भएर बस्न खोज्ने भैँसीलाई ढाडमा टेकीटेकी कुट्ने गरिन्छ । घाँटीमा दाम्लोले त कसिन्छ नै पुच्छरमा समेत अनेक फन्का डोरी बाँधिन्छ र त्यसलाई ट्रकमा गाँसिन्छ । स्नेहानिर्मित भिडियोमा यिनै विषय समेटिएको छ ।

पशुलाई कष्ट दिनु र तिनको हत्या गर्नु आफैँमा राम्रो होइन तर युगौँदेखि पेशा र स्वादका कारण पशु हत्या जारी छ । आखिर मार्ने नै भएपछि बोल्न नसक्ने प्राणीलाई जिउँदै किन मार्ने ? मासु खाए पनि पशुलाई मानव जातिले दिने यस्ता कष्टको अन्त्य कहिले होला ? पशुप्रतिको निर्दयता कहिले अन्त्य होला ? मःमबाट निरिह पशुको आँशु कहिले हट्ला ?

Link to news : https://kharibot.com/news-details/12558/kharibot

Explore

Related Campaign

Sneha’s Care Starts ‘Anti-Rabies Vaccination’ program in LMC

Sneha’s Care has started its “Anti-Rabies Vaccination” program in Lalitpur Metropolitan City (LMC) with the slogan “Rabies Free Lalitpur”...

Training To Prepare Vegan Foods Begins

Sneha’s Care in coordination with World Vegan Association Nepal and Utpala Cafe has begun a four-day vegan chef training...

News Sneha’s Care Rescues The Last Dancing Bear of Nepal

Siraha – Tame or Dancing bears are the Sloth Bears, often captured at a young age. They are trained...