Extreme level of human cruelty during lock down

April 16, 2020

कोरोनाको महामारीका कारण यतिबेला सिंगो विश्व नै लकडाउनको अवस्थामा छ । यस्तो अवस्थामा मानिस लगायत पृथ्वीका प्राणीहरुको जीवनयापन निकै असहज बन्न पुगेको छ ।

काठमाडौँ उपत्यकाका खुल्ला सडकमा पास लिएर गुडिरहेका केहि सवारी साधन र तिनका चालकहरुलाई यो लकडाउनले कुनै प्रभाव पारेको छैन । लाग्छ उनीहरु लकडाउन उत्सव मनाईरहेछन् । सडकमा खानेकुरा खोज्न निस्किएका कुकुरहरुलाई वेपर्वाह ठोक्दै हिँडनु उनीहरुको बहादुरी जस्तै बनेको छ । जडिबुटि र भैँसेपाटिमा भएका यि दुई घटनाहरु प्रतिनिधि घटना मात्र हुन् । हाम्रो सुचनामा नआएका यस्ता कैयन घटनाहरु होलान्, जहाँ यि प्राणीहरु मोटरको ठक्करले थिलथिलो भएर सडक किनारामा पिडा र भोकका कारण मृत्युवरण गरिरहेछन् ।

लकडाउनको विषम घडीमा यस्तै बिरामी र घाईते जनावरहरुलाई उद्धार, उपचार र स्याहारको व्यवस्थापन गरि असामान्य अवस्थामा पनि सामान्य तवरले कार्यालयका गतिविधिहरु सञ्चालन गर्न निकै चुनौति छ । आज यि दुबैलाई उद्धार गरिएकोमा दुर्भाग्यवश एक लाई हामीले बचाउन सकेनौँ । उपचारका लागि टेबलमा राख्नुपूर्व नै उसले यो धर्तीमा अन्तिम श्वास लियो । आफ्ना आँखा अगाडी अबोध प्राणीहरुको मृत्यु देख्नुपर्दाको पिडा शव्दद्धारा अव्यक्त छ । बाँकी रहेको एकको उपचार भएको छ । हामी उसको सफल उपचारका लागि हरसम्भव प्रयत्न गर्नेछौँ । यस विषम परिस्थितिसँग लड्नका लागि हामीलाई निरन्तर साथ, सहयोग र सुभेच्छा प्रदान गर्नुहुने यहाँहरु सम्पूर्णमा धन्यवाद व्यक्त गर्दछौँ ।

तपाँईहरुको निरन्तर सहयोगको अपेक्षा सहित सबैलाई सुरक्षित रहन अनुरोध गर्दछौँ ।

सहयोगी हातहरुका लागि:

DONATE

 

Please reload

Recent Posts

Please reload

Archive

Please reload

Tags