© 2018 Sneha's Care. All rights reserved.

Sneha's Care is a  non-profit animal rescue organization, based in Kathmandu, Nepal. 

 

We take action to STOP  the animals from suffering.

info@snehacare.com

German Supporter - www.snehacare.de

सँधै सम्झिरहनेछौँ प्रिय लोबो

February 19, 2020

प्रिय लोबो बेटा,
समयको निर्दयी तुफानले तिमीलाई हामीबाट अलग्याएको पनि १३ दिन भईसकेछ । तिम्रो भौतिक शरिर हाम्रासामु नभएपनि यो मानसपट्टलमा तिम्रो स्मृति अमिट छाप बनेर बसेकोछ । तिम्रा पदचापहरु गुञ्जीहरनेछन् यी कानहरुमा, तिमीले खेलेको धुलो सदैब शिरोपर हुनेछ । थाहा छैन तिमी कहाँ गएर कुन रुपमा रहनेछौ, तर जहाँ हुनेछौ शान्ति र आनन्दले बस्नु है ।

तिमी बहेको हावा मन्द मन्द होस्,
तिमी फूलेको फूलको सुगन्ध होस्,
तिमी उडेको चरि रंगिचंगी होस्,
तिम्रा वरपर असल साथी संगी होस्,
तिमी हिँडेको गोरेको पवित्र होस्
ईश्वर सँधै तिमी भित्र होस् ।
आकाश मार्गबाट तिमी यदि हिंड्छौ भने
एकपटक तल दृष्टि दिनु,
जहाँ तिमीले जिवन बिताएका साथी संगीहरुछन्,
जहाँ तिमी हराएको माटो छ,
अनि छौँ हामी,
जो तिमीलाई सदैब उत्तिकै माया गरिरहनेछौँ
सँधै उत्तिकै सम्झिरहनेछौँ ।

Help us to help more animals in need.

DONATE

 

Please reload

Recent Posts

March 15, 2020

Please reload

Archive

Please reload

Tags