Good news for Animal lovers and activist

October 15, 2019

पशु कल्याण कर्मीहरूको लागि खुसीको खबर ।
पशु पन्छिका लागि पनि बोल्यो सर्वोच्च अदालत ।

राष्ट्रिय जनावर गाईप्रति दुर्व्यवहार गरि वेवारिसे अवस्थामा सडकमा छाडिएको र व्यवस्थापनमा आवश्यक ध्यान नदिएकोले तत्सम्बन्धमा स्नेहाज केयरले मिति २०७५/११/१९ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, कृषि तथा पशुपंक्षि विकास मन्त्रालय, पशु सेवा विभाग लगायतलाई विपक्षि बनाई दर्ता गरेको रिट निवेदनउपर माननीय न्यायधिश डा. आनन्दमोहन भट्टराई तथा श्री पुरुषोतम भण्डारिको सँयूक्त इजलासले मिति २०७६/०१/०८ मा गरेको फैललाको पूर्णपाठ सार्वजनिक भएकोमा हामी निकै हर्षित छौँ । २४ पृष्ठ लामो पूर्णपाठमा सम्मानित सर्वोच्च अदालतले पशुपंक्षिहरुका लागि मानवीय व्यवहार गरिनुपर्ने, जनावर धनीलाई जिम्मेवार बनाईनुपर्ने तथा समस्याग्रस्त प्रदेश र स्थानीय तहहरुले आपसी, समन्वय र समझदारिमा समस्याको समाधानको लागि पहल गर्नुपर्ने देखिएको भन्दै विपक्षिहरुका नाममा परमादेशको आदेश जारी गरेको हो ।
विषेशगरि प्रदेश नं. ७ का कैलाली, कञ्चनपुर लगायतका जिल्लाहरुमा देखिएको छाडा पशु चौपायाहरुको समस्या प्रत्यक्ष रुपमा भोगेर र सम्बन्धित निकायहरुलाई गुहार्दा पनि आवश्यक पहल नभएपछि सँस्थाले बाध्य भएर सर्वोच्च अदालतमा मुद्दा दायर गरेको थियो । अब सबै जिम्मेवार स्थानीय निकायहरुले यस समस्याको समाधानका लागि आवश्यक पहल गर्नुपर्ने हुन्छ । नेपालमा पशु कल्याण अभियानका सन्दर्भमा यो एउटा कोसेढुङ्गा साबित हुनेछ जुन, हामी सबैका लागि निकै नै खुसीको कुरा हो ।

Help us to rescue more animals in need:

DONATION

 

Please reload

Recent Posts

July 9, 2020

Please reload

Archive

Please reload

Tags