Pinning for better life

October 13, 2019

मायाको भाषा मात्रै बुझ्ने असल प्राणी, हाम्रो दुखलाइ सधै बाँढ्न तयार रहने यति मायालु जनावर कुकुर हाम्रो जीवनको अभिन्न अंग बनिसकेको छ । प्राय सबै मानिसहरुले माया गर्ने र मन पराउने हुनाले मानिसहरु महँगो विदेशी कुकुर किनेर पाल्ने गर्दछन्, तर यदि उनीहरुको कुकुर केही बिरामी परेमा वा चोटपटक लागेमा उपचार र हेरचाह गर्नुको साटो सडकमा मर्नको लागि छोड्ने गरेको पाईन्छ ।

स्नेहा मंग्राती पेशाले विद्यार्थी हुन् । नैकापको बाटोमा घाईते अवस्थामा छट्पटाईरहेको यो असहाय बिरामी कुकुरलाइ भेटेर हामी कहाँ मद्दतको लागि उहाँले लिएर आउनुभयो । हामीले उसलाई X-ray को लागि उहाँसंगै पठायौँ । दुःखको कुरा उस्कोे देब्रे खुट्टाको तिघ्राको हड्डी भाँच्चिएको रहेछ । उस्लाई अब Pinning गरेर उपचार गर्नुपर्ने हुन्छ । तर यतिबेला स्नेहा मंग्रति र स्नेहाज केयर दुबै उस्को उपचारको लागि आवश्यक खर्च जुटाउन नसक्ने अवस्थामा छौँ । यतिबेला हामीलाई तपाँईहरुको सहयोगको खाँचो परेको छ । उस्को उपचारको लागि आवश्यक करिब ४०००० को जोहो गर्नुपर्ने बाध्यताका बिचमा पनि आवश्यक नियमित उपचार जारी नै छ । स्नेहाज केयरमा हाल सख्त बिरामी र घाईते अवस्थाका ४० ओटा कुकुरहरुका साथै स्थायि रुपमा बसिरहेका १५० भन्दा धेरै कुकुरहरु रहेको कारण सँस्था अहिले यो आर्थिक भार व्यहोर्न नसक्ने अवस्थामा रहेको छ ।

यदि तपाइँहाम्रो सहयोगले यो कुकुरले नयाँ जीवन पाउँछ भने अवश्य पनि यस विषयमा सोच्नुपर्दछ । हामी उस्लाई नयाँ जीवन सहित स्नेहा मंग्रतिको न्यानो काखमा रहेको हेर्न आतुर छौँ ।

Help us to reach more animals in need:

DONATE

 

 

 

Please reload

Recent Posts

August 6, 2020

August 5, 2020

Please reload

Archive

Please reload

Tags