© 2018 Sneha's Care. All rights reserved.

Sneha's Care is a  non-profit animal rescue organization, based in Kathmandu, Nepal. 

 

We take action to STOP  the animals from suffering.

info@snehacare.com

German Supporter - www.snehacare.de

विश्व पशुपंछी दिवस २०७६

October 4, 2019

"पशुपन्छी प्रति आत्मियता, आजको आवशयकता "
यही मान्यतालाई आत्मसात् गर्दै आज विश्व पशुपंछी दिवस २०७६ मनाइँदै छ । पशुपन्छीहरुका न्यूनतम आधारभूत स्वतन्त्रताको सम्मान गर्दै पशु कल्याण प्रवर्द्धन गर्न पहल गर्नु हरेक राज्यको दयित्य हो ।
तर दुःखको कुरा आजसम्म यो देशमा पशु कल्याण ऐन बनेको छैन । यो नबन्नुमा जिम्मेवार निकायको आफ्नै स्वार्थ होला । तर के हामी मानिसहरूमा निहित स्वार्थले यि अबोध प्राणीहरूले आफ्नो बाँच्ने अधिकार नै गुमाउनु पर्ने ? सुदुर पश्चिमका अधिकांश स्थानहरू, लुम्बिनी क्षेत्र वरपर देख्न सकिने यो कारुणिक दृश्यको जिम्मेवारी कस्ले लिने हो ? यि अबोध जनावरहरुलाई सडकमा फाल्नेलाई कारबाही कस्ले, कहिले गर्ने हो ? अराजकता र अत्याचारको पनि एउटा सीमा हुँदो होला नी । भर्खरै सुर्खेत र नुवाकोटमा भएका घटनाहरू हाम्रा अगाडि गम्भीर प्रश्न भएर तेर्सिएका छन् ।

घरमा पालेर राखिएका यि गाईहरू बीच सडकमा भोक, रोग, दुर्घटना र दुर्व्यवहारका कारण मृत्यू सँग साक्षात्कार गरिरहेका छन् । आफ्नै आवाजले व्यक्त गर्न नसकेपनि लाखौं मानिसको आवतजावत हुने राजमार्गमा उनीहरू हामीसँग सुरक्षित जीवनको माग गरिरहेका छन् ।
आउनुहोस्, आवाज बुलन्द गरौं, अवजबिहिनहरुका लागि ।

 

Help us to help more animals in need.

DONATE

 

Please reload

Recent Posts

Please reload

Archive

Please reload

Tags