© 2018 Sneha's Care. All rights reserved.

Sneha's Care is a  non-profit animal rescue organization, based in Kathmandu, Nepal. 

 

We take action to STOP  the animals from suffering.

info@snehacare.com

German Supporter - www.snehacare.de

शान्ति पदयात्रा

September 22, 2019

मैले खाने हरेक गाँस अहिंसाको होस्,
मैले निल्ने हरेका घुट्को हिंसारहित होस्,
मेरा हरेक पाईलाहरु शान्तिका लागि चलुन्,
हर श्वाँस शान्तिको फेर्न पाउँ,
मेरो यो तपोभूमी हिंसारहित, शान्त र समुन्नत बनोस् ।

नेपालका विभिन्न धार्मीक मठ मन्दिरमा हुने पशुवली अन्त्यका सचेतना अभिवृद्धि गर्ने उद्देश्यले हिजो आयोजना गरिएको शान्ति पदयात्रा भव्यताका साथ सम्पन्न भएको छ । राजधानीको रत्नपार्कबाट शुरु भएको पदयात्रा बागबजार, डिल्लीबजार, ज्ञानेश्वर हुँदै नारायणचौर नक्सालमा गएर समाप्त भएको थियो । पशुवली एउटा अन्धविश्वास र जघन्य अपराध भएकोले कुनै पनि हिसाबले यो न्यायसंगत छैन । त्यसैले धर्मका नाउँमा हुने कुनैपनि किसिमको प्राणीहत्या न्यायोचित र धर्मसंगत छैन । सम्पूर्ण प्राणीहरु इश्वरका सन्तान हुन्, त्यसैले भववती देविले आफ्ना सन्तानको वली माग्दीनन् । पशुवली धार्मीक सामाजिक कलंक भएकोले यसलाई जरैबाट निर्मुल गरि हिंसारहित, सभ्य र समुन्नत समाजको निर्माण गर्नुु हामी मानवको परम् कर्तव्य हो ।
शान्ति पदयात्रामा उत्साहपूर्वक सहभागिता जनाईदिनुभएका सम्पूर्णमा हार्दिक धन्यवाद व्यक्त गर्दछौँ । यो अभियानको सार्थकताका लागि आजैबाट आफ्नो स्थानबाट यथासक्य प्रयास गरिदिनुहुन सम्पूर्णमा अनुरोध गर्दछौँ ।

Help us to help more animals in need.

DONATE

 

Please reload

Recent Posts

January 19, 2020

January 17, 2020

Please reload

Archive

Please reload

Tags