© 2018 Sneha's Care. All rights reserved.

Sneha's Care is a  non-profit animal rescue organization, based in Kathmandu, Nepal. 

 

We take action to STOP  the animals from suffering.

info@snehacare.com

German Supporter - www.snehacare.de

Mass Anti-Rabies Vaccination Campaign.

September 20, 2019

रेविज एक प्राणघातक रोग हो । यो रोगको उपचार हालसम्म पत्ता लागेको छैन । रेविज संक्रमित कुकुर, बिरालो, स्याल, ब्वाँसो, चमेरा, मुसा, न्याउरीमुसा लगायतका जनावरहरुका कारण रेविज रोग एक जनावरबाट अर्को जनावरका साथै मानिसमा लाग्न सक्छ । रेविज प्राणघातक रोग हुँदाहँदै पनि थोरै मात्रै सावधानी अपनाउन सके यसबाट बच्न सकिन्छ । यदि हामीले हाम्रो घर, टोलछिमेक तथा समुदायका कुकुर बिरालोहरुलाई वार्षिक रुपमा रेविज विरुद्धको खोप लगाउन सके यसबाट बच्न सकिन्छ । रेविज विरुद्धको खोप लगाउनु नै रेबिज बाट बच्ने प्रमुख उपाय हो ।

रेविज रोग नियन्त्रणका लागि आवश्यक जनचेतना अभिवृद्धि गर्दै यस सम्बन्धमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्नका लागि हरेक वर्ष सेप्टेम्बर २८ तारिखका दिन “विश्व रेविज दिवस” मनाउने गरिन्छ । यस वर्षको विश्व रेविज दिवसको नारा Rabies: Vaccinate to Eliminate रहेकोले पनि रेविज नियन्त्रणका लागि खोप कति महत्वपूर्ण छ भन्ने बुझ्न सकिन्छ । स्नेहाज केयरले यस अवसरमा ललितपुर महानगरपालिकाका विभिन्न क्षेत्र तथा वडाहरुमा खोप कार्यक्रमहरु सञ्चालन गरिरहेको सन्दर्भमा यहाँहरुले पनि आफ्नो घर तथा वरपरका कुकुर बिरालोहरुलाई निशुल्क रुपमा भ्याक्सिन लगाउनु हुन तथा सँस्थाको टोलिलाई आवश्यक सहयोग गरिदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।
यस अभियानमा हामीलाई सहयोग गरिरहुनभएका ललितपुर महानगरपालिकाका स्थानीय सहयोगीहरु लगायत सम्पूर्णमा हार्दिक धन्यबाद व्यक्त गर्दछौँ ।

Help us to reach our goal.

DONATE

 

Please reload

Recent Posts

January 22, 2020

January 20, 2020

Please reload

Archive

Please reload

Tags