© 2018 Sneha's Care. All rights reserved.

Sneha's Care is a  non-profit animal rescue organization, based in Kathmandu, Nepal. 

 

We take action to STOP  the animals from suffering.

info@snehacare.com

German Supporter - www.snehacare.de

Delegation at Ministry of Home Affairs

September 9, 2019

गाई र कुकुर मृत्यु प्रकरणः प्रहरी जाहेरी लिन नमानेपछि गृहमन्त्रीलाई ध्यानाकर्षण

नेपालगञ्जबाट दैलेख लैजाने भनी पठाईएका गाईहरुलाई सुर्खेतको कटकुवा जंगलको भिरबाट खसालेर मारिएको र वेवारिसे अवस्थामा जंगलमा लगेर छाडिएको तथा खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा सामुदायिक कुकुरहरुलाई सामुहिक रुपमा वर्वरतापूर्वक मारिएको घटनाप्रति पशु कल्याण संघ नेपालको गम्भिर ध्यानाकर्षण भएको छ । एउटा सामान्य मानवीय धर्म र पशु कल्याणका आधारभूत मान्यताहरुलाई समेत बेवास्ता गर्दैैै एउटा जिम्मेवार सरकारी निकायले यतिसम्मको गैह्रजिम्मेवार निर्णय गर्नुले पशु कल्याणप्रतिको राज्यको दृष्टिकोण र नीतिमाथी प्रश्न चिन्ह खडा गरेको छ । दुबै घटनाहरुमा सम्बन्धित स्थानीय निकायका प्रमुख तथा प्रतिनिधिहरु पनि अनुसन्धानको दायरामा आउनुपर्नेमा उनीहरुमाथी कुनै अनुसन्धान नहुनुले हामीमा थप शंका उत्पन्न गराएको छ । अझ खोटाङ जिल्ला प्रहरी कार्यालयले यस सम्बन्धी जाहेरी दर्ता गर्न आनाकानी गर्नुले जनमानसमा थप प्रश्नहरु उत्पन्न भएका छन् । पशु कल्याण संघ नेपाल यि दुबै घटनाको घोर भत्र्सना गर्दै दोषि उपर हदैसम्मको कारबाहिको माग गर्दैैै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई ज्ञापन पत्र बुझाइयो ।

पशु कल्याण संघका पदाधिकारीले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई ज्ञापन पत्र बुझाउँदै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका घटनामा प्रहरीले जाहेरी लिन नमानेको प्रति आपत्ति जनाएका हुन् ।

संघको अध्यक्ष स्नेहा श्रेष्ठले घटनाको स्वतन्त्र एवं निष्पक्ष छानबिन गरेर दोषी उपर प्रचलित कानून बमोजिम कारवाही र त्यसका लागि संलग्न पदाधिकारी एवं कर्मचारीलाई तत्काल निलम्बन गर्न ध्यानाकर्षण गराइएको बताइन।

उनको अनुसार कानून बमोजिम कडाभन्दा कडा आवश्यक कारवाहीको प्रकृया अगाडी बढाउन नेपाल सरकारसमक्ष जोडदार माग गरिएको छ ।

Help us to work for the animal rights and animal welfare.

DONATE

 

Please reload

Recent Posts

February 23, 2020

February 22, 2020

February 21, 2020

Please reload

Archive

Please reload

Tags