© 2018 Sneha's Care. All rights reserved.

Sneha's Care is a  non-profit animal rescue organization, based in Kathmandu, Nepal. 

 

We take action to STOP  the animals from suffering.

info@snehacare.com

German Supporter - www.snehacare.de

आउनुहोस् आवाज उठाऔँ यि आवाजविहिनहरुका लागी

August 27, 2019

काठमाडौँ उपत्यकामा ढुवानी गरिने पशुहरुको ढुवानीको अवस्था अत्यन्तै वर्वर छ । व्यवस्थित पशु ढुवानी तथा पशु कल्याण प्रबर्धनका लागी निर्माण गरिएको पशु ढुवानी मापदण्ड, २०६४, पशु कल्याण निर्देशिका, २०७३ तथा मुलुकी अपराध (संहिता) ऐन, २०७४ मा पशुहरुप्रति निर्दयि व्यवहार गर्नु नहुने र यसो गरेमा सजाय हुने स्पष्ट उल्लेख गरिएको छ ।

हामी सरकारलाई आफूले बनाएको कानुन कार्यान्वयन गर्नका लागि आग्रह गरिरहेका छौँ । आवस्यक सहयोग गर्न पनि तयार छौँ भनेका छौँ । यि निर्दोष जनावरहरुले यो अत्याचार सहनु नपरोस भनी हरेक रात क्वारेन्टाइन चेकपोष्टहरुमा गई सचेतना अभियान चलाईरहेका छौँ । तर यि अबोध प्राणीहरुको लागी आवाज उठाईदिने खोई हाम्रो सरकार ? कता छ कानुनको परिपालना गर्ने जिम्मेवार निकाय ? नेपाल सरकार कृषि तथा पशुपंक्षि विकास मन्त्रालय, पशु सेवा विभाग, पशु क्वारेन्टाइन कार्यालय लगायतका सरोकारवाला निकायहरु किन लिइरहेका छैनन् आवश्यक पहलकदमी ? सिमित व्यक्तिगत स्वार्थका कारण यहाँ कानुन मिच्नेहरु खुलेआम हिडिरहेछन् । निर्दोष पशुपंक्षिहरु पिडा भोगिरहेछन् । अनि कतै यो वर्वरताको भागिदार हामी उपभोक्ताहरु पनि त हैनौँ ? किनकी हामी दिनरात यहि प्रकृयाबाट प्राप्त मासु उपभोग गरिरहेका हौँला । के तपाईले कहिल्यै सोच्नुभएको छ की तपाँईको स्वादको लागि खाएको मासुुमा कसैको आँशु मिसिएको छ ?

तपाँइहामीले देखिरहेको तर महशुस नगरेको यो सत्य, एकपटक आँखा चिम्लेर सोचौँ त । ति आवाजविहिन प्राणीहरुको स्थानमा आफूलाई राखेर हेरौँ त । के पिडा सबैको समान हैन र ?

आउनुहोस् आवाज उठाऔँ यि आवाजविहिनहरुका लागी, बन्द गरौँ यो अत्याचार ।

हाम्रो सहयोगको जरुरी रहेका अझै धेरै जनावरहरुको सहयोगको लागी हामीलाई तापाँईहरुको न्यानो माया, सदभाव र सहयोगको जरुरी पर्दछ ।

DONATE

 

Please reload

Recent Posts

March 15, 2020

Please reload

Archive

Please reload

Tags