Hit and run case that leads to broken spine

August 16, 2019

आजभोली किन मानिसहरु यति निष्ठूरी भईरहेछन् ?
किन सोचिरहेछन् मानिसहरु आफ्ना लागि मात्र ?
दुःध खान दिनुपर्छ भनेर आफ्नी आमाबाट छुट्याएर यो बाछोलाई सडकमा छोड्ने मानिस, सडकमा यसलाई दुर्व्यवहार गर्ने अन्य मानिसहरु अनि यति चौडा सडकमा अबोध प्राणीका शरिरमाथी मोटर दौडाउने मानिसहरुलाई कुन शब्दले सम्बोधन गर्द उचित हुन्छ होला ?
यस अबोध प्राणीको दुरावस्था देखि हामीलाई खबर तथा उपचार र उद्धारमा सहयोग गर्नुहुने करुणा मूर्ति नेपाल भेटेरीनरी यशोसियसनका अध्यक्ष डा. शितलकाजि श्रेष्ठ र प्रिति शर्मालाई धेरै धन्यबाद । ढाड भाँचिएको अवस्थामा काठमाडौँको गौशालाबाट उद्धार गरिएको नन्दीलाई हामीले आवश्यक उपचार सुरु गरिसकेका छौँ ।
के तपाई उसको जिवनकहानी र पिडाको कथा सुन्न चाहानुहुन्छ ?

धर्तीमा आएँ तिमी जस्तै म, योजना थिएन
पापिका गोठमा जन्मन गएँ सुचना थिएन
त्यतिका दिन भोकभोकै बसेँ, आमालाई छोडेर
दुःध खान नपाई कति पो बसेँ म एक्लै रोएर ।

गोठमा पस्यो मालिक मेरो, लौ आँखा तरेर,
मेरो त भाग दुःध लगिगयो ढुङ्ग्रोमा भरेर,
भोकले मेरा सुकेका ओठ फुटेनी पट्पटी
प्यासले मेरो मुटुमा भयो धेरै नै छटपटी ।

अँधेरी रातमा छोडेर भाग्यो सड्कको माझमा,
आमाको यादमा तड्पिदै बसेँ हर झम्के साँझमा,
धुलाम्मे सडक यता र उता कता पो जाने हो,
पसल र घर, गाडी र मोटर, के चैँ पो खाने हो ।

त्यै पनि बाँचेँ त्यो सडक बिच संघर्ष गरेर
निराशा बिच राखेथेँ कहिँ आशा चैँ भरेर,
कुन पापी आयो सडक बिच ठोकेर गैगयो
न बाँच्न सक्छु न मर्न सक्छु बेहालै भैगयो ।।

Help us to help more animals in need.

DONATE

 

Please reload

Recent Posts

July 3, 2020

Please reload

Archive

Please reload

Tags