Pain of electric shock

July 24, 2019

करेन्ट लागेर सिनामंगल नजिकै सुकुम्बासी बस्तीको एउटा घरको छानामा मृत्यूसँग लडिरहेको यो बाँदरको अवस्थाको बारेमा स्थानीयबासीहरुले स्नेहाज केयरलाई जानकारी गराएपछि हामीले उसलाई उद्धार गरि उपचार सुरु गरेका छौँ । एउटा हात पहिले देखि नै काटिएको अवस्थामा रहेको र अर्को हात नराम्ररी चोटग्रस्त भई दुखाई तथा भोक प्यासले आकुल उसलाई हामी मानिसरुसँग निकै डर लाग्छ, सायद उसले आजसम्म सबैभन्दा धेरै दुःख हामीबाट नै पाएर होला । यो अवोध प्राणीको निरन्तर र प्रभावकारी उपचार गरि उसलाई चाँडै निको पार्नु हाम्रो प्रमुख कर्तव्य हो । घाउको अवस्था निकै खराब भएकोले उ अझैपनि खतरामुक्त नरहेको भेटेरीनरी डाक्टरको भनाईलाई आत्मसात गर्दै हामी प्रयासरत छौँ उसको उपचारको लागि ।

हाम्रो वरपर यस्ता धेरै जनावरहरु विभिन्न किसिमको विपत्तिको सामना गरिरहेका हुन सक्छन्, जो आफ्नो पिडा शब्दमा व्यक्त गर्न सक्दैनन् । तिनीहरुको समस्या बुझि आवश्यक सहयोग गर्नु हाम्रो कर्तव्य हो । हाम्रो यो सानो प्रयासमा तपाँइको साथको जरुरी छ । आउनुहोस् हातेमालो गरौँ आवाजविहिनहरुकोलागि केहि राम्रो गरौँ, हामीलाई उनिहरुको आर्शिवाद प्राप्त हुनेछ ।

 Help us to reach more animals in need.

DONATE

 

Please reload

Recent Posts

July 13, 2020

Please reload

Archive

Please reload

Tags