© 2018 Sneha's Care. All rights reserved.

Sneha's Care is a  non-profit animal rescue organization, based in Kathmandu, Nepal. 

 

We take action to STOP  the animals from suffering.

info@snehacare.com

German Supporter - www.snehacare.de

Hardest life of the street

January 24, 2019

यो धर्तीमा जन्म लिनु उसको कुनै गल्ती होइन । न उसको कुनै दोष छ यो धर्तीमा आउनुमा । यो सानो बच्चाको नियती नै हो पूरा जिन्दगी सडकमा बिताउनु, भोकभोकै दिनरात कटाउनु र भुस्याहा कुकुर भन्दै मानिसहरुले गर्ने दुर्व्यवहार सहनु ।

 

ललितपुरको भैँसेपाटीमा घर बनाउने काम भईरहेको स्थानमा कामदारको लापरबाहिका कारण माथिबाट फ्यालिएको एउटा फलामे छड गल्लीमा खेलिरहेको यो बच्चाको टाउकोमा खसी मरणासन्न हुनेगरि घाइते भयो । सँयोगबस घटनास्थल नजिकै रहेका बिपिन डंगोलले रक्तमुछेल भएको उसको चित्कार सुनी तुरुन्त स्नेहाज केयरमा लिएर आउनुभयो । स्नेहाज केयरको प्राविधिक टेलीले तत्काल उसलाई आवश्यक उपचार गरेको छ । दुखाई कम गर्न आवश्यक औषधीका साथै आवश्यक अन्य औषधीहरु पनि गरिएको छ । सँस्थामा हाल १५० भन्दा धेरै घाइते, बिरामी तथा रोगी कुकुरहरु उपचाररत रहेकोले हामीले बिपिन डंगोललाई त्यो बच्चा निको नहुन्जेलसम्म उहाँकै घरमा राखिदिन आग्रह गरेका छौँ । हामी निरन्तर रुपमा आवश्यक औषधी उपचार र सहयोग गरिरहने छौँ ।

 

स्नेहाज केयरको उद्देश्य नै हिंसारहित तथा जनावरप्रेमी समाजको निर्माण गर्नु हो । हामीले गर्ने क्रियाकलापहरुले जनावरहरुलाई पर्नसक्ने नकारात्मक असरका सम्बन्धमा हामी सबै जानकार हुन जरुरी छ । यदि घर निर्माण गर्ने मजदुरले फलामे छड फ्याँक्दा बिचार पुर्याएको भए सायद यो बच्चाले घाइते हुनुपर्ने थिएन । समाजमा यदि बिपिन डंगोल जस्ता जनावरहरुप्रति सहानुभूति राख्ने तथा जिम्मेवार नागरिकहरु भएको खण्डमा हामी धेरै भन्दा धेरै जनावरहरुलाई सहयोग गर्न सक्छौँ । 

 

हाम्रो सहयोगको जरुरी भएका जनावरहरुलाई सेवा प्रदान गर्नको लागि हामीलाई तपाँईहरुको सदभाव र सहयोग आवश्यक पर्दछ ।

 DONATE

 

Please reload

Recent Posts

November 30, 2019

Please reload

Archive

Please reload

Tags