© 2018 Sneha's Care. All rights reserved.

Sneha's Care is a  non-profit animal rescue organization, based in Kathmandu, Nepal. 

 

We take action to STOP  the animals from suffering.

info@snehacare.com

German Supporter - www.snehacare.de

Our priority: Sick and injured animals

January 19, 2019

यात्रामा हुँदा वा कुनै काममा निस्किँदा यदि तपाँईले कुनै बिरामी जनावर देख्नुभयो भने के गर्नुहुन्छ ? 
पक्कैपनि तपाँई एकछिन रोकिनुहुन्छ अनि तपाँइले गर्नसक्ने सहयोगको सम्भाव्यता सम्बन्धमा मन्थन गर्नुहुन्छ । कुनै पशु कल्याण सँस्था वा भेटेरीनरी अस्पताल लाई सम्पर्क गर्ने प्रयत्न गर्नुहुन्छ र समस्याको जानकारी गराउनुहुन्छ । त्यतिबेला तपाँई निकै महत्वपूर्ण कामको शिलशिलामा हुनुहुन्छ भने तपाँइको निर्णयको सम्बन्धमा अनुमान लागाउन सकिन्छ कि तपाँई आफ्नो महत्वपूर्ण काममा लाग्नुहुन्छ ।

स्नेहाज केयरको लागि जनावरहरुलाई सहयोग गर्नु नै सबैभन्दा महत्वपूर्ण कार्य हो । व्यक्तिगत कामहरु जतिसुकै महत्वपूर्ण भएपनि बिरामी तथा घाइते जनावरहरु सँस्थाको प्राथमिकतामा पर्ने गर्दछन् । सँस्थामा कार्यरत सबैले यसै कुरालाई आत्मसात गरेका छन् ।

स्नेहाज केयरका कार्यकारी निर्देशक कपिल काफ्ले सँस्थाको कुनै महत्वपूर्ण काममा गइरहेको बेला उहाँले यो कुकुरलाई भैँसेपाटीको एउटा सडकमा निकै पिडादायि अवस्थामा देख्नुभयो । अनुहारको सम्पूर्ण भाग सुन्निएर उसको आँखा नै छोपिएला जस्तो देखिन्थ्यो । नाकको भित्री मांशपेशि सुन्नीएकोले गर्दा उसलाई सास फेर्न निकै गाह्रो भइरहेको थियो । निकै दिनदेखि बिरामी हालतमा सडकमा रहेको यो कुकुर निकै नै पिडामा रहेको महशुस गरि उहाँले तुरुन्त स्नेहाज केयरको एम्बुलेन्सलाई खबर गर्नुभयो । स्नेहाज केयरको आकस्मिक उद्धार टोली तुरुन्त कुकुर भएको स्थानमा पुग्यो । भेटेरीनरी डाक्टरका अनुसार यो रोग कुकुरहरुमा लाग्ने एक किसिमको क्यान्सर हो, समयमा उपचार हुन नसकेमा जनावरको मृत्यू हुन्छ । त्यसैले उसलाई यथाशिघ्र उद्धार गरि उपचार सुरु गरिएको छ ।

हामीलाई आशा र विश्वास छ, हामी उसलाई निको पार्नेछौँ र उसलाई एउटा नयाँ जिवन दिन सक्नेछौँ । हाम्रो सहयोगको जरुरी भएका धेरै भन्दा धेरै जनावरहरुलाई उपचार गर्न हामीलाई तपाँइहरुको सहयोगको जरुरी हुन्छ ।

 DONATE

 

Please reload

Recent Posts

November 16, 2019

November 15, 2019

Please reload

Archive

Please reload

Tags