© 2018 Sneha's Care. All rights reserved.

Sneha's Care is a  non-profit animal rescue organization, based in Kathmandu, Nepal. 

 

We take action to STOP  the animals from suffering.

info@snehacare.com

German Supporter - www.snehacare.de

LAW FOR ANIMALS

May 28, 2017

LAW FOR ANIMALS INTRODUCED TODAY BY THE GOVERNMENT OF NEPAL
When the animals are not functioning properly, people usually pull their tail, hit them with stick, use knife on them, electric shot, chilli powder, tie their legs and abuse them with whatever humans can. These cruelties should not be repeated as per the new law today & the one who is involved in such cruelty will be punished.

Castration & any health related work can be performed only by the approved Veterinarian.

Do's and Don'ts for animals:-
1. cannot take your animals for work when any sort of adverse weather occurs like, intense heat, intense sun, heavy rain, storms, hail & snow.
2. Cannot make them work for more than 8 hours a day.
3. Day off for one day in a week is must
4. Male & Female animals cannot stay at the same place.
5. Shed must be built well to prevent the animals from cold & heat.
6. For those animals who carries goods for long hours, must be fed every three hours.
7. The products carried by the animals should not be more than 40% of the total body weight of the animal carrying goods.
8. Old & pregnant animals should not be given too many things to carry on them.
9. Any animals that cannot carry the goods on them, should be immediately stopped and remove the load from them.
10. Ropes that is used to tie the animals should be properly made so that it won't cause the wound on them.
11. When the animals turn old age, they must be under the owner's care unless they die.

For Nepali See Below:-

पशुलाई मानिसले आफूखुसी जति समय पनि काममा लगाउने प्रवृत्तिलाई सरकारले बन्देज लगाउने कानुन ल्याएको छ । पशुपक्षी विकास मन्त्रालयले पशु कल्याण निर्देशिका, ०७३ जारी गर्दै पशुलाई अधिकतम ८ घन्टा मात्रै काममा लगाउन पाइने प्रावधान ल्याएको हो । त्यति मात्र होइन, वृद्धावस्थामा पुगेको पशुलाई कामबाट निवृत्त गरी पशुधनीले उचित हेरचाह गर्नुपर्ने प्रावधानसमेत निर्देशिकामा समेटिएको छ । मानिसलाई दैनिक अधिकतम ८ घन्टासम्म काममा लगाउन पाइने व्यवस्था विश्वका अधिकांश मुलुकका श्रम ऐनले गरेको छ । पशुपक्षीलाई काममा लगाउँदासमेत समयसीमाको व्यवस्था नेपालमा पहिलोपटक ल्याइएको हो ।

निर्देशिकाले बूढो भएको पशुलाई छाडा छोड्न नपाइने व्यवस्था गरेको छ । पशुप्रति हुने निर्दयी व्यवहारमा रोकावट गरी उचित व्यवस्थापन, विकास र गुणस्तर कायम गर्न निर्देशिका जारी गरिएको मन्त्रालयले जनाएको छ । पशुलाई भोक, प्यास र कुपोषण हुन नदिने तथा डर, त्रास र तनाव हुन नदिनका लागि निर्देशिका ल्याइएको हो । ‘भौतिक तथा शीत, तापजन्य असुविधाबाट सुरक्षित गर्न र पीडा, घाउचोट र रोगव्याधीबाट सुरक्षित राख्न जरुरी छ,’ निर्देशिकामा भनिएको छ । निर्देशिकाले घरमा पालेको पशुको जानकारी स्थानीय तहमा रहेको सरकारी निकायमा पशुधनीले दर्ता गर्नुपर्ने प्रावधान पनि तोकेको छ । नियमित उपचार गरेर पशुलाई कुनै पनि अप्ठ्यारो परिस्थितिको पशुधनीले निराकरण गर्नुपर्ने व्यवस्था छ ।

पुच्छर बटार्न नपाइने
पशुले काम गरिरहेका वेला मानिसले अक्सर पुच्छर बटार्ने, चोटपटक लाग्ने गरी कुटपिट गर्ने गरेको देख्न पाइन्छ । तर, निर्देशिकाले पुच्छर बटार्ने, भाँच्ने, अंगभंग गराउन नपाइने व्यवस्था गरेको छ । कोर्रा, चक्कु, बन्चरो, पासो, विद्युतीय करेन्ट, खुर्सानीको धुलोलगायतको प्रयोग गरी पीडा दिन नपाइने व्यवस्था पनि निर्देशिकामा छ । यस्तो व्यवस्थाविपरीत क्रियाकलाप गरेर पशुप्रति निर्दयी व्यवहार भएको ठहरिने निर्देशिकामा उल्लेख छ । त्यस्तै पशुलाई घाउचोट वा पीडा हुने गरी फाल्सन लगाउने, नाक, पुच्छर, खुट्टा बाँध्ने वा झुन्ड्याउन पनि रोक लगाइएको छ ।

खसी पार्न पाइने
दर्तावाला पशु चिकित्सक वा अधिकारप्राप्त व्यक्तिले कानुनले तोकेबमोजिम वा स्वीकृत कार्यविधिअनुसार सिङ काट्न, खसी पार्न, खुर काट्न, स्वास्थ्य परीक्षण, शल्यचिकित्सा वा स्वास्थ्योपचार गर्न पाउने व्यवस्था गरिएको छ ।

पशुलाई के गर्ने, के नगर्ने 
– प्रचण्ड गर्मी, चर्को घाम, अविरल वर्षा, आँधीबेहरी, असिना, हिमपात र बज्रपातजस्ता प्रतिकूल मौसममा काम नलगाउने
– दैनिक ८ घन्टाभन्दा बढी समय काममा नलगाउने
– हप्तामा एक दिन आराम दिने
-भाले र पोथी पशुलाई एकैसाथ नराख्ने
– धेरै जाडो र धेरै गर्मी आश्रयस्थलमा नराख्ने
– लामो समय भारी बोकाउनुपर्ने पशुलाई प्रत्येक ३ घन्टामा आहारा दिने
– शारीरिक तौलको ४० प्रतिशतभन्दा बढी भार बोकाउन नपाइने
– बूढो र गर्भवती पशुलाई कार्यबोझ कम गर्ने
– भारी बोकेर लरखराउने पशुलाई तुरुन्त काम गराउन रोक्ने र पुनः काम लगाउँदा साविकको भार घटाउने
– पशुलाई बाँध्ने दाम्लो, डोरीलगायत घाउ नलाग्ने र पीडा नहुने गरी तयार गर्नेे 
– वृद्धा अवस्थामा पुगेकालाई कामबाट निवृत्त गरी नियमित हेरचाह गर्ने ।

News - Nepal Patrika

 

 

 

 

Please reload

Recent Posts

November 30, 2019

Please reload

Archive

Please reload

Tags