- MD
Feeding campaign continues
प्राण रक्षाका लागि खानेकुराको खोजीमा भौंतारिदै हिँड्दा लखतरान भएको यो शरीर यसै ढल्न लागिरहेछ । तिर्खाले ओठ मुख मरुभूमि तुल्य भएको छ, जिन्दगीको आशा धमीलिदै छ, आँखाको ज्योति मधुरो हुँदैछ । सहरमा कर्फ्यु लागेको छ, पसल, बजार अनि होटलहरू बन्द छन् । चारैतिर नाङ्गो सडकमा आँखा फ्यली हेर्छु, पेट भित्रको आगोले जलाउन लागेको छ । मलाई अझै पनि बाँच्न मन छ । अझै पनि लाग्छ, कोही त आउँछ, जस्ले मलाई बचाउँछ ।
फेरि एकपटक मृत्युलाई जित्नुछ मैले । म जस्ता हजारौँ साथीहरु आज भोक र प्यास सँग लडिरहेका छन् । तपाईंको एउटा सानो सहयोग हाम्रा लागि अविस्मणीय बन्नेछ । कृपया हाम्रो लागि प्रार्थना गरिदिनुहोस् । बाँचिएछ भने धेरै धेरै आशीर्वाद पठाउनेछौं ।
दयालु मनहरुका लागिः
DONATE
1 view0 comments