Search
  • MD

Veterinary Service as an essential service

भेटेरिनरी सेवालाई अत्यावश्यक सेवाको रूपमा समावेश गरी राजपत्रमा सूचना प्रकाशन गरिएकोमा सम्मानित सर्वोच्च अदालत र नेपाल सरकार प्रति स्नेहाज केयर धन्यवाद व्यक्त गर्दछ । यस महत्पूर्ण नतिजाका लागि विशेष पहलकदमी लिने नेपाल भेटेरिनरी एशोसिएसन प्रति आभार ब्यक्त गर्दछौँ । नेपाल भेटेरिनरी एशोसिएसनले भेटेरिनरी सेवालाई आवश्यक सेवामा राख्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेकोमा सम्मानित सर्वोच्च अदालतले मिति २०७७ जेष्ठ ८ मा नेपाल सरकारलाई भेटेरिनरी सेवालाई आवश्यक सूचिमा राख्ने व्यवस्थाका लागि आदेश जारी गरेको थियो । हरेक विषम घडीमा मानिस सँगसँगै दुःख पीडाबाट प्रभावित हुने पशुपन्छी हरुको उपचार सेवालाई अत्यावश्यक सेवाको रूपमा अंगीकार गर्नु लाई पशु कल्याणको सम्मानको रूपमा हेर्नु उपयुक्त हुन्छ । आवाज विहिन जनावर हरुको हितमा भएको यो निर्णयले पशु कल्याणका लागि कार्यरत हामी सम्पूर्णलाई आशावादी बनाएको छ ।

Help us to work for the right and welfare of animals:

DONATE

#SnehasCare

0 views

© 2020 Sneha's Care. All rights reserved.

Sneha's Care is a  non-profit animal welfare organization, based in Kathmandu, Nepal. 

 

We take action to STOP  the animals from suffering.

info@snehacare.com

German Supporter - www.snehacare.de