Search
  • MD

राष्ट्रिय सभाका सदस्य तथा चर्चित गायिका श्री कोमल ओली ज्यूको उपस्थित हाम्रो अभियानमा

प्राकृतिक विपत्तिको यस घडीमा मानवीय गतिविधिहरु ठप्प छन् । हुरी अघिको सन्नाटा जस्तो संसार नै लगभग शुन्य छ । महामारीका कारण विश्वमा हजारौंले ज्यान गुमाएका छन्, लाखौँ मानिसहरू सङ्क्रमित भई उपचाररत छन् ।

यस्तो अवस्थामा कुनै न कुनै हिसाबले मानव सँग आश्रित रहेर बाँचिरहेका जीव जन्तुहरू भोक र तिर्खा सँग लडिरहेका छन् ।

एउटा सामान्य मानवीय धर्म निभाउने प्रयत्न स्वरूप हाम्रो संस्थाले ती जनावरहरुलाई खाना खुवाईरहेको छ । स्नेहाज केयरको यस अभियानमा हौसला प्रदान गर्न उपस्थित भईदिनु भएकोमा राष्ट्रिय सभाका सदस्य तथा चर्चित गायिका श्री कोमल ओली ज्यू प्रति आभार व्यक्त गर्दछौं । राजनीतिक वृत्तबाट भएको उहाँको सहभागिताले राजनीतिक नेतृत्वलाई समेत पशु कल्याणका लागि सोच्न बाध्य बनाउने विश्वास हामीले लिएका छौं । एक जनावर प्रेमी र शाकाहारी नेतृ हुनुको नाताले पनि यस अभियानमा उहाँको सहभागिता निकै अर्थपूर्ण हुनेछ । यस बिपतको घडीमा यहाँहरु सम्पूर्णलाई सुरक्षित रहन अनुरोध गर्दै आफ्नो घर तथा समुदायका जनावरहरुलाई सहयोग गर्न आग्रह गर्दछौँ ।

सहयोगी हातहरुका लागि:

DONATE

#Strayanimalfeeding

0 views

© 2020 Sneha's Care. All rights reserved.

Sneha's Care is a  non-profit animal welfare organization, based in Kathmandu, Nepal. 

 

We take action to STOP  the animals from suffering.

info@snehacare.com

German Supporter - www.snehacare.de