- MD
Day 6: Feeding Day
Day 6: Feeding Day वास्तवमा मै भन्ने हो भने हामी मानिस पनि एक प्रकार को जनावर नै हो तर फरक यति छ कि हामी मानिस यो संसार कै सर्वश्रेष्ठ प्राणी हौं । हामीमा चेतना छ, बुद्धि र विवेक छ । त्यसै कारण त संसारमा कुनै प्रकारका समस्याहरू आईपर्दा हामी त्यसलाई कसरी समाधान गर्नै र त्यसवाट आइपर्ने समस्याहरू बाट कसरी आफू सुरक्षित हुने भन्ने बारेमा सोच्छौं । विश्वव्यापी महामारीको रुप मा फैलिरहेको नोवेल कोरोना भाईरस (कोभिड-१९) बाट बच्न सावधानी अपनाउन राज्य द्वारा लकडाउन गरेको अवस्थामा जनावर हरु भोकै रहने अवस्था रहेकोले स्नेहाज केयर द्वारा जावलाखेल, पुल्चोक, कुपण्डोल, थापाथली, टुँडिखेल, त्रिचन्द्र कलेज, रत्नराज्य क्याम्पस, भृकुटी मण्डप, पशुपति, एकान्तकुना, महालक्ष्मीस्थान, सातदोबाटो, ग्वार्को, बालकुमारी, कोटेश्वर, सिनामङ्गल र पशुपति वरिपरिरहेका जनावरहरुलाई खानेकुरा खुवायौं । तपाईँहरूले पनि आफ्नो वरिपरि रहेका घरपालुवा तथा बाहिरका जनावरहरुलाई आवश्यक खाना र पानी दिई सहयोग गर्नुहुन हामी हार्दिक अनुरोध गर्दछौं ।
सहयोगी हातहरुका लागि:
DONATE