Search
  • MD

Day 1: Feeding Day

यतिबेला समग्र विश्व नै कोरोना (कोभिड–१९) सँग जुधिरहेको छ । चिनको वुहान शहरबाट फैलिएको यो महामारी हाल विश्वका सबैजसो देशमा फैलिसकेको छ । कोरोनाबाट बच्नका लागि विश्व स्वास्थ्य संगठन, विशेषज्ञहरु र आफ्नो देशको सरकारले जारि गरेका निर्देशनहरुको पालना गर्नु हामी सबैको परम् कर्तव्य हो ।

नेपालमा पनि कोभिड–१९ संक्रमित बिरामी भेटिएपछि सरकारले एक हप्ताका लागी सबैलाई घरमा नै बस्न र अत्यावश्यक काम बाहेक बाहिर नजान निर्देशन गरिसकेको छ । होटल, पसल व्यवसाय लगायत सबै बन्द हुने, मानिसहरु घरबाट बाहिर ननिस्किने भएपछी सडकमा रहेका जिव जनावरहरु पनि भोकभोकै मर्ने सम्भावना रहेको छ । आफ्नो सँगसँगै मानव विकासका अभिन्न साथीहरुको पनि अस्थित्व बचाउनु हाम्रो दायित्व हो ।

यसै अवस्थालाई मध्यनजर गरेर स्नेहाज केयरले सडकमा रहेका कुकुर र गाईहरुलाई खानेकुरा खुवाईरहेको छ । सामान्य अवस्थामा घरबाहिर निस्कन नमिल्ने भएतापनि तपाँइको घर आँगन छेउछाउ रहेका जनावरहरुलाई खाना र पानी दिएर सहयोग गर्नुहुन यहाँहरु सम्पूर्णमा अनुरोध गर्दछौँ । यो समय केवल हामीमात्र बाँच्ने समय होइन, मानवता पनि जिवित छ भनेर देखाउने समय हो । कोरोनाको जोखिमबाट बच्न र आवश्यक साबधानी अपनाउनका साथै आफ्ना घरपालुवा तथा समुदायमा रहेका जनावरहरुको पनि ख्याल गरि मानवताको उदाहरण प्रस्तुत गर्नु नै मानवीय उच्चता हो ।

सहयोगी हातहरुका लागि:

DONATE

#Strayanimalfeeding

0 views

© 2020 Sneha's Care. All rights reserved.

Sneha's Care is a  non-profit animal welfare organization, based in Kathmandu, Nepal. 

 

We take action to STOP  the animals from suffering.

info@snehacare.com

German Supporter - www.snehacare.de