Search
  • MD

Donation in the loving memory of Sweta Thapa

भाका,भूल,दया,क्षमा र ममता, सन्तोष जान्दैन त्यो, इन्द्रै विन्ति गरुन् झुकेर पदमा,त्यो बिन्ती मान्दैन त्यो ।

राजा रंक सबै समान उसका, वैषम्य गर्दैन त्यो, आयो टप्प टिप्यो, लग्यो, मिति पुग्यो टारेर टदैन त्यो ।

सन् २०१८ मार्च महिनाको १२ तारिख । मनभरी खुसी, आँखाभरी सपना अनि आफ्नो मातृभूमीका लागि केहि असल काम गर्ने प्रण सहित बंगलादेशमा एम.वी.वी.एस् को पढाई सकेर नेपाल फर्कीएका नेपाली विद्यार्थीहरु सवार यू.एस् बंगलाको बिमान त्रिभूवन विमानस्थलमा दुर्घटनामा पर्यो । उनीहरुसँगै त्यस दुर्घटनामा ६७ जनाको मृत्यू भयो । त्यो अकल्पनीय दुःखद घटनाले बिमानस्थल बाहिर आफ्ना छोराछोरी र आफन्तको पर्खाईमा रहेकाहरुलाई कति बिह्वल बनायो होला, त्यसलाई कुनै शब्दले व्याख्या गर्न सकिन्न । आफन्तको वियोगमा आजपनि ति आँखाहरु ओभाएका छैनन् ।

मार्च १२ को घटनामा ज्यान गुमाउनुहुने मध्येकी एकजना हुनुहुन्थ्यो सुश्री श्वेता थापा । जनावरप्रमी श्वेता घरमा कुनै चाडपर्व वा उत्सव मनाएर फजुल खर्च गर्नुभन्दा स्नेहाज केयर जस्ता सँस्थाहरुलाई सहयोग गर्नुपर्ने बिचार राख्नुहुन्थ्यो । डाक्टर बनेर मानिस सँगसँगै जनावरहरुको पनि सेवा गर्ने लक्ष्य लिएकी उहाँलाई कलिलै उमेरमा दैवले चुँडेर लग्यो । आज श्वेतासँग जोडिएका हरेक सुःख दुःखका दिनहरुमा आमा उर्मीला प्रधान स्नेहाज केयर आउने गर्नुहुन्छ अनि छोरीका नाममा केहि सहयोग गर्नुहुन्छ । श्वेता थापा लगायत उक्त दुःखद दुर्घटनामा ज्यान गुमाउनुहुने सम्पूर्णमा हामी हार्दिक श्रदाञ्जली व्यक्त गर्दछौँ ।

Help us to help more animals in need.

DONATE

#donations #Donate

0 views

© 2020 Sneha's Care. All rights reserved.

Sneha's Care is a  non-profit animal welfare organization, based in Kathmandu, Nepal. 

 

We take action to STOP  the animals from suffering.

info@snehacare.com

German Supporter - www.snehacare.de