Search
  • MD

Cruel act of human

नेपालको राष्ट्रिय जनावर, हिन्दुहरुको पूज्य जनावर, साक्षात देवी लक्ष्मीको प्रतिक, भगवान शिवको वहान, मानव जीवनको अभिन्न जनावर, अनि मर्दा, पर्दा शुद्ध हुनका लागी अति आवश्यक जनावर ।

यति महत्वपूर्ण र पवित्र जनावरहरु आज सडकमा यस्तो आततायि जिवन व्यतित गर्न बाध्य छन् । सिमित मानवीय स्वार्थका कारण उनीहरु नवजात अवस्थामै सडकमा आईपुग्छन् अनि भोक,रोग र पिडा सँगै पौठेजोरी खेल्दै मानवीय दुर्व्यवहार र यातना भोगीरहेछन् । यो अबोध गाईको बच्चालाई पाषण हृदय भएका मानिसहरुले निर्मम तरिकाले कुटी सडकमा फ्यालीदिएको अवस्थामा जनावर प्रेमी मन्दिर अमात्यले देखि खबर गर्नुभएकोले ललितपुर महानगरपालिका स्थित धापाखेलबाट उद्धार गरि स्नेहाज केयरले उपचार गरिरहेको छ । जनवरहरुमाथी हुने दुर्व्यवहारलाई कानुनत वर्जित गरिएतापनि यस सम्बन्धमा कारबाहि गर्ने आधिकारिक निकायद्धारा गम्भिरतापूर्वक लिईएको देखिदैन । जनवरहरुमाथी हुने सबैखालका दुर्व्यवहारहरुको अन्त्यका लागी हामी सबैले आवाज बुलन्द गर्नु जरुरी छ । यो बच्चाको उपचार र स्याहारको लागी स्नेहाज केयर यथासम्भव प्रयत्नशील रहनेछ ।

Help us to reach more animals in need.

DONATE

#InjuredCow #CowTreatment #AbandonedCow

3 views

© 2020 Sneha's Care. All rights reserved.

Sneha's Care is a  non-profit animal welfare organization, based in Kathmandu, Nepal. 

 

We take action to STOP  the animals from suffering.

info@snehacare.com

German Supporter - www.snehacare.de