- MD
Humanity still exists
भनिन्छ, मायामा कुनै सिमाना हुँदैन, हुँदैन कुनै बाधा अडचनको पर्वाह अनि कुनै अबरोध । लमजुङ जिल्लाको बेशीशहरमा कुपोषणको शिकार तथा लुतोले ग्रस्त भएर कयौँ समयदेखि यो हालतमा रहेको यो कुकुरको अवस्था देखेर जनावरप्रेमी सागर चुँडालको मन त्यसै त्यसै अत्तियो । यस्तो दयनीय हालतमा उसलाई कसरी सहयोग गर्न सकिन्छ भन्ने बिचारको आँधीले उहाँलाई स्नेहाज केयरको सम्झना दिलाईदियो । हत्तपत्त बस चढेर लमजुङ देखी ललितपुर सम्मको यात्रामा उहाँले भोग्नुभएको कष्ट त्यतिबेला दुर भयो, जब स्नेहाज केयरमा उसलाई सकुशल ल्याउन सकियो । तत्कालै स्नेहाज केयरको टोलिले आवश्यक उपचार गरि उसलाई निगरानीमा राखिराखेको छ । एकदमै कमजोर रहेकोले आवश्यक पौष्टिक खानेकुरा र उपचार हालको लागि अनिवार्य रहेको छ,जस्का लागि स्नेहाज केयरले यथासम्भव प्रयत्न गर्नेछ । हामी उसको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ साथै निरन्तर उसको उपचारको लागि प्रयत्न गरिरहनेछौँ ।
Help us to reach more animals in need.
DONATE