Search
  • MD

Help us to keep the voiceless animals warm this winter

यतिबेला देशभर चिसो निकै नै बढेको छ । काठमाडौँ वरपरका चुचुराहरूमा हिमपात समेत भएको कारण उपत्यका को तापक्रम निकै तल झरेको छ । यो मृत्यु तुल्य कठ्याङ्ग्रिदो जाडोमा खुल्ला आकाशमुनि हजारौं बेवारिसे जनावरहरू कष्टकर जीवन काटिरहेका छन् । यिनै काला रातहरुमा वृद्ध अवस्थाका घरपालुवा कुकुरहरु , आमाको दूध चुसिरहेका नवजात बाच्छाहरु, वृद्ध र रोगी अवस्थाका गाईहरू सडकमा फ्यलिन्छन् । यहाँ यही जाडो जस्तै निर्दयी र चिसा मन भएका मान्छेहरू छन्, अनि तपाईंजस्तो न्यानो हृदय र करुणाले भरिएको पनि ।

यो चिसोमा सबै जनावरहरुलाई न्यानो बनाई राख्नका निम्ति अहिले हामीलाई केही थान गार्डेन हीटर, केही थान ग्याँस+ इलेक्ट्रिक हीटर, केही सय थान ब्ल्यांकेटको जरुरी छ । हामीसँग उपलब्ध रहेका श्रोत साधनहरू यथासक्य प्रयोग गरिरहेका छौं र सम्भभ भएसम्म जनावरहरुलाई सहयोग गर्ने प्रयत्न गरिरहेका छौं । यो सबैका लागि यहाँहरु शुभेच्छुक, शुभचिन्तक तथा समर्थकहरु प्रति कृतज्ञता व्यक्त गर्दछौं । हामीलाई विश्वास छ, यहाँहरुको न्यानो माया र साथबाट हामी अवजबिहिन जनावरहरुलाई न्यानो राख्न सक्नेछौं ।

सहयोगी मन हरुका लागि ।

DONATE

#animalwelfare

1 view

© 2020 Sneha's Care. All rights reserved.

Sneha's Care is a  non-profit animal welfare organization, based in Kathmandu, Nepal. 

 

We take action to STOP  the animals from suffering.

info@snehacare.com

German Supporter - www.snehacare.de