Search
  • AS

Rest In Peace Michelle

तिम्रा निर्दोष आँखाहरु अनि तिम्रो भद्र स्वभाव जस्को मोेहनीमा दुईवर्ष बितेको पत्तै भएन । शायद दुईवर्ष अघिनै तिमी यो धर्ती छोडिजानेथियौ होला, जतिबेला तिम्रो मालिकले मर्नैका लागि तिमीलाई ठमेलको सडकमा छोडिदिएको थियो । तिमीसँग पूर्वजन्मको कुनै नाता थियो होला, त्यसैले त त्यो अन्तिम घडिमा तिमी हामीसँग आईपुग्यौ । तिमीलाई गुमाउनु पर्दा आज जुन दुःख छ, त्यो हृदयको कुनामा गुम्सीरहेछ । सँगै तिमीलाई त्यो अवस्थामा बचाउन पाउँदाका सुःखद क्षणहरु झरीझैँ गहभरी पोखिईरहेछन् । पटक पटक मृत्यूसँग साक्षात्कार गर्दै तिमी लडिरह्यौ र जितिरह्यौ जिन्दगिको पदक । साश्वत सत्यलाई स्विकार्नै पर्ने आखिर, एकदिन हार्नै पर्ने यो खेल । तिम्रा लागि जति गर्नुपर्थ्यो त्यति गर्न सकेनौँ होला तर जे सक्यौँ त्यो हामीले गर्यौँ । तिम्रो स्वर्गबासको लागि भगवनसँग कोटि कोटि प्रार्थना गर्दछौँ प्रिय मिसेल, तिमीलाई हार्दिक श्रदाञ्जली ।

Help us to help more paws:

DONATION

#Dogs #AnimalWelfare #animalwelfare

0 views

© 2020 Sneha's Care. All rights reserved.

Sneha's Care is a  non-profit animal welfare organization, based in Kathmandu, Nepal. 

 

We take action to STOP  the animals from suffering.

info@snehacare.com

German Supporter - www.snehacare.de