- AS
Importance of mobile treatment
स्थलगत उपचार (Mobile Treatment) को जादु ।
सडकमा अचेत अवस्थामा लडिरहेको यो बाछोलाई देखेर दक्षिणकालि मन्दिर दर्शन गरेर फर्कनुभएकी पूजा थापा यत्तिकै हेरेर बस्न सक्नुभएन । उहाँ निकै अत्तिँदै स्नेहाज केयरमा आउनुभयो र समस्याको बारेमा हामीलाई जानकारी गराउनु भयो । सँस्थाको नियमीत स्थलगत उपचारको टोलि पहिलेनै बाहिर गईसकेको अवस्थामा सिमित कर्मचारिहरुमात्र भएपनि एकजना भेटेरीनरी डाक्टर र प्राविधिक तुरुन्त पुगेर उपचार सुरु गर्नुभयो । केहि स्थानीय यूवाहरुको सहयोगमा गरिएको उपचारले जादु नै गरिदियो । मृत्यूको मुखमा पुगेको यो अबोध प्राणीले नया जीवन पाएकोमा हामी निकै हर्षित छौँ ।
To help us reach more animals in need:
DONATE
0 views0 comments