Search
  • MD

हाम्रो विश्व पशुपंक्षि दिवस २०७६

यस वर्षको विश्व पशुपंक्षि दिवस तपाईले कसरी मनाउनुभयो ?

स्नेहाज केयरमा हाम्रो लागि सबै दिनहरु पशुपंक्षि दिवस जतिकै महत्वपूर्ण हुने गर्दछन् । तथापि हामी यस्ता विशेष दिवसहरु जनावरलाई फाईदा पुग्ने गतिविधिहरु सञ्चालन गरि मनाउनु उपयूक्त ठान्दछौँ । दैनिक रुपमा १५० भन्दा धेरै कुकुरहरुलाई खाना खुवाउनु, सरसफाई गर्नु, डुलाउन लैजानु, २२ ओटा वेवारिसे गाईहरु, ७ ओटा प्यारा सुँगुरहरु, ४ ओटा हृदयका टुक्राजस्ता बाख्राहरुको स्याहार सुसार गरि उनीहरुलाई खुसी बनाउनु, दैनिक ५ देखि १० ओटा बिरामी र घाईते जनावरहरुको घुम्ती उपचार सेवामार्फत उपचार गर्नु, अस्पतालमा दैनिक ३० देखि ४० वटा विरामी कुकुरहरुको उपचार गर्नु हाम्रो सामान्य दैनिकी हो । तर हामीलाई राम्रोसँग थाहा छ की हामी यतिमात्र गरेर तपाईहरु आम शुभेच्छुकहरुको अपेक्षा पूरा गर्न सक्नछैनौँ । हामीले अझै धेरै गर्नुपर्नेछ यि आवाजविहिन जनावरहरुको हक, हित र अधिकारको प्रत्याभूतिका लागि । नेपालमा पशुकल्याणको अवस्था दयनिय भएता पनि, यस सम्बन्धमा राज्य उदासीन भएता पनि आफ्नो कर्तव्यबाट बिमुख हुनु नहुने कुरालाई आत्मसात गर्दै हामीले यस वर्षको विश्व पशुपंक्षि दिवस काठमाडौँको सडकमा रहेका ४५ ओटा वेवारिसे गाईहरुलाई खोरेत रोग विरुद्धको खोप लगाई खानेकुरा खुवाएर मनायौँ । हामीलाई थाहा छ की हामीले यति मात्र जनावरहरुलाई सहयोग गरेर सँसार परिवर्तन हुँदैन, तर जस्लाई मद्दत गरेका छौँ, उनीहरुको सँसार भने बदलिनेछ । सडक तथा प्रदुषित खोला किनारको असुरक्षित वातावरणबाट हुनसक्ने खोरेतको संक्रमणबाट बचाउन यो खोपले महत्वपूर्ण सहयोग गर्दछ । आज खोप लगाउन छुटेका जनावरहरुका लागि पुनः हामी खोप कार्यक्रम सञ्चालन गर्नेछौँ ।

Help us to help more animals in need.

DONATE

#animalhelp #animaltreatment #animalwelfare

2 views

© 2020 Sneha's Care. All rights reserved.

Sneha's Care is a  non-profit animal welfare organization, based in Kathmandu, Nepal. 

 

We take action to STOP  the animals from suffering.

info@snehacare.com

German Supporter - www.snehacare.de