Search
  • MD

Kanxi got her forever home

कुनै एकजना महान भनाउदा व्यक्तिले एउटा बिरामी आमा सहित ४ ओटा आँखा नखुलेको कुकुरका बच्चाहरुलाई आफ्नो गाडीमा लिएर आए अनि भैँसेपाटी भञ्ज्याङ्गमा अलपत्र अवस्थामा छोडेर गए । यो सब दृश्य देखिरहेका स्थानीयहरु पनि चुपचाप नै बसे । शायद उनी कुनै उच्च पदस्थ अथवा जानेमाने व्यक्ति हुँदाहुन । दैनिक त्यहि बाटो भएर आउजाउ गर्ने स्नेहाज केयरका सँस्थापक स्नेहा श्रेष्ठले त्यो दृश्य हेरिरहन सक्नुभएन । फलस्वरुप स्नेहाज केयरले उनीहरुलाई उद्धार गरी उपचार र हेरचाह गर्यो ।

झण्डै एकवर्ष पछि तिनै ४ वटा मध्येको कान्छिले त्यही भैँसेपाटी भञ्ज्याङ्गमा स्थायी घर पायो, जहाँ उनीहरु वेवारिसे अवस्थामा मृत्यूसँग साक्षत्कार गर्दै थिए । हाम्री प्यारी कान्छिलाई मायालु घर दिनुहुने एबल गुरुङ र उहाँको परिवारप्रति हामी कृतज्ञ छौँ । यदि तपाँईपनि कुकुर किनेर पाल्ने सोचमा हुनुहुन्छ भने, कृपया सोच बदल्नुहोस् । सडकमा दुःख पाएर बसेका कान्छि जस्ता कुकुरहरु तपाँइको लागि असल साथी हुन सक्छन् ।

"Don't Shop, Adopt"

Help us to reach more animals in need.


DONATE

#Adoptedfromshelter #DogAdoption #Adopt

0 views

© 2020 Sneha's Care. All rights reserved.

Sneha's Care is a  non-profit animal welfare organization, based in Kathmandu, Nepal. 

 

We take action to STOP  the animals from suffering.

info@snehacare.com

German Supporter - www.snehacare.de