- MD
पशु कल्याण सम्बन्धी सरोकारवाला सँगको अन्तरक्रिया कार्यक्रम
"पशुपन्छी प्रति आत्मियता, आजको आवशयकता " विश्व पशुपंछी दिवस २०७६ को यो नाराले सिंगो मानव कल्याणका लागि पशु कल्याणको आवश्यकता झल्काउँछ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ललितपुरको आयोजनामा पशु कल्याण सम्बन्धी सरोकारवाला सँगको अन्तरक्रिया कार्यक्रममा यस संस्थाका तथा पशु कल्याण संघ नेपालका अध्यक्ष स्नेहा श्रेष्ठले "नेपालमा पशु कल्याणको अवस्था तथा हालसम्म भएका प्रयासहरू " सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा उपस्थित सभगीहरुको चासो र संवेदनशीलता हेर्दा नेपालमा पशु कल्याण अभियान सफलतातर्फ गएको अनुभूति हुन्छ । पशु कल्याण प्रवर्द्धनका लागि यस क्षेत्रमा कार्यरत सबै सरोकारवाला निकायको आपसी समन्वय बाट नै अपेक्षित सफलता प्राप्त गर्न सकिनेमा दुईमत छैन । आउनुहोस्, आवाज बुलन्द गरौं, अवजबिहिनहरुका लागि ।
Help us to work for animal rights and animal welfare.
DONATE