Search
  • MD

Dog suffering from cancer

जब हामी बिरामी जनावरको उपचारको लागि जान्छौँ, त्यहाँ स्थानीयबासिहरुको सहयोगमा उपचार गर्नुको एउटा बेग्लै प्रभाव र अर्थ रहन्छ । बिरामी तथा घाईते अवस्थाका जनावरहरुलाई सहज उपचार सेवा प्रदान गर्नका लागि स्नेहाज केयरले सञ्चालन गरेको घुम्ती उपचार सेवाका आफ्नै चुनौतिहरु छन् । प्रतिकुल मौसम, खराब र सबारी जामयूक्त बाटो अनि उपचारका क्रममा कतिपय स्थानमा स्थानीय सहयोग नहुनु हाम्रा चुनौतिहरु हुन् । तर सम्पूर्ण अप्ठ्याराहरुका बावजुद पनि जनावरहरुलाई उपचार गर्न पाउँदा र उनीहरु निको भएको देख्दा काम गर्ने उत्साह र हौसल्ला प्राप्त हुन्छ । क्यान्सरबाट पिडित यो कुकुरलाई हामीले किमोथेरापिद्धारा उपचार गरिरहेका छौँ । यो रोग अत्यन्तै पिडादायि हुने भएकोले समयमा नै उपचार नपाउँदा जनावरको मृत्यू हुन सक्छ । सडकमा यस्तो उपचार गर्नु एक हिसाबले चुनौतिपूर्ण हुँदाहुँदै पनि आवाजविहिनहरुको सेवामा तल्लीन हाम्रो समूह सदैव क्रियाशील रहन्छ ।

सहयोगी मनहरुका लागिः

DONATE

#animalhelp #animaltreatment

0 views

© 2020 Sneha's Care. All rights reserved.

Sneha's Care is a  non-profit animal welfare organization, based in Kathmandu, Nepal. 

 

We take action to STOP  the animals from suffering.

info@snehacare.com

German Supporter - www.snehacare.de