Search
  • MD

Heart touching Story

सानो छँदा उ कति राम्रो र मायालु थियो । सबैले देखाउने स्नेहले उसलाई कति खुसी बनाउँथ्यो होला ? जब बुढेसकाल लाग्यो, रोगले च्याप्न थाल्यो अनि सबैको बोझ भयो ऊ । आँखामा पलाएको ट्यूमरले एउटा आँखा नै गुमाउनु पर्दा अनि सबैले नराम्रो व्यवहार कति मन रोयो होला उसको ? बाँच्ने रहर नहुँदा नहुँदै पनि कुनै उपाय थिएन आफ्नै मालिकको दुर्व्यवहार सहनु र घर बाहिरको सानो खोरमा थुनिएर दिन रात बिताउनु । अझ पीडा त त्यतिखेर भयो, जब अन्धकार झरी परेको रातमा उसलाई बीच सडकमा छाडियो । त्यो कहालीलाग्दो रात उस्को दुःखको यात्राको सुरुवात थियो । सडकमा खाना खोजेर खान नजानेको उसले कैयौं दिन भोक भोकै बितायो । जनावर प्रेमी प्रकाश भन्डारीले उस्को दर्दनाक अवस्था देखि स्नेहाज केयरलाई खबर गर्नुभएकोले हाम्रो उपचार टोलीले आवश्यक उपचार गरेको छ । आँखामा पलाएको ट्यूमर को लागि केमोथेरापी गरिएको छ । उसलाई खाना र आवश्यक हेरचाह गर्ने प्रकाश जी लाई धेरै धन्यवाद । उसको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै आफ्नो घरमा पालेको जनावरलाई यसरी बेवारिसे अवस्थामा नछोडिदिनुहुन सबैमा अनुरोध गर्दछौं ।

Help us to help more animals in need.

DONATE

#animalhelp #animaltreatment

0 views

© 2020 Sneha's Care. All rights reserved.

Sneha's Care is a  non-profit animal welfare organization, based in Kathmandu, Nepal. 

 

We take action to STOP  the animals from suffering.

info@snehacare.com

German Supporter - www.snehacare.de