- MD
बुझिदिउ यो व्यथा
साटौं त्यो व्यथा, साट्ने कोही छैन, बुझिदिने यो दुःख उसको कोही छैन, आवाज छैन बताउन मलाई दुख्यो मलाई पोल्यो, घाउ भरी किरा, चलिरहेछन्, छट्पटीले यता उता गर्छ, कुहिएको घाउ बाट नराम्रो गन्ध आउँछ, अनि बजिरन्छन् लात्ती अनि लठ्ठीहरु उस्को दुखिरहेको घाउ माथि । र ठोक्किन्छ उसको चित्कार डाँडाकाँडा भरी, पोकिन्छन् आँशु धारा धुलाम्मे सडकभरी बर्सिन्छन् ढुङ्गा इट्टा हरु फेरि पनि, उसैगरी, जसरी बर्सिन्छ असिना पानी कहालीलाग्दो चिसो रातमा । आखिर बुझिदिने कसले त उनीहरूको पीडा ? कस्ले बनाइदिने उनीहरूको लागि कानून ? कस्ले गर्ने त माया ? हामीले नगरे ???
Help us to help more animals in need.
DONATE
0 views0 comments