Search
  • MD

शान्ति पदयात्रा

मैले खाने हरेक गाँस अहिंसाको होस्, मैले निल्ने हरेका घुट्को हिंसारहित होस्, मेरा हरेक पाईलाहरु शान्तिका लागि चलुन्, हर श्वाँस शान्तिको फेर्न पाउँ, मेरो यो तपोभूमी हिंसारहित, शान्त र समुन्नत बनोस् ।

नेपालका विभिन्न धार्मीक मठ मन्दिरमा हुने पशुवली अन्त्यका सचेतना अभिवृद्धि गर्ने उद्देश्यले हिजो आयोजना गरिएको शान्ति पदयात्रा भव्यताका साथ सम्पन्न भएको छ । राजधानीको रत्नपार्कबाट शुरु भएको पदयात्रा बागबजार, डिल्लीबजार, ज्ञानेश्वर हुँदै नारायणचौर नक्सालमा गएर समाप्त भएको थियो । पशुवली एउटा अन्धविश्वास र जघन्य अपराध भएकोले कुनै पनि हिसाबले यो न्यायसंगत छैन । त्यसैले धर्मका नाउँमा हुने कुनैपनि किसिमको प्राणीहत्या न्यायोचित र धर्मसंगत छैन । सम्पूर्ण प्राणीहरु इश्वरका सन्तान हुन्, त्यसैले भववती देविले आफ्ना सन्तानको वली माग्दीनन् । पशुवली धार्मीक सामाजिक कलंक भएकोले यसलाई जरैबाट निर्मुल गरि हिंसारहित, सभ्य र समुन्नत समाजको निर्माण गर्नुु हामी मानवको परम् कर्तव्य हो । शान्ति पदयात्रामा उत्साहपूर्वक सहभागिता जनाईदिनुभएका सम्पूर्णमा हार्दिक धन्यवाद व्यक्त गर्दछौँ । यो अभियानको सार्थकताका लागि आजैबाट आफ्नो स्थानबाट यथासक्य प्रयास गरिदिनुहुन सम्पूर्णमा अनुरोध गर्दछौँ ।

Help us to help more animals in need.

DONATE

#animalwelfare #animalrights

0 views

© 2020 Sneha's Care. All rights reserved.

Sneha's Care is a  non-profit animal welfare organization, based in Kathmandu, Nepal. 

 

We take action to STOP  the animals from suffering.

info@snehacare.com

German Supporter - www.snehacare.de