- MD
खोप लगाऔं रेबिज उन्मूलन गरौं
खोप लगाऔं रेबिज उन्मूलन गरौं । विश्व रेबिज दिवस 2019 को यो नाराले रेबिज उन्मुलनको लागि रेबिज भ्याक्सिन महत्वपूर्ण छ भन्ने कुरामा जोड दिएको छ। यस वर्षको विश्व रेबिज दिवसको अवसरमा मात्र स्नेहाज केयरले ललितपुर महानगरपालिका तथा ललितपुर जिल्लाका दुई हजार भन्दा धेरै सामुदायीक कुकुरहरुलाई रेबिज रोग विरुद्धको खोप लगाउने लक्ष्य राखेको छ । तर वार्षिक रूपमा आठ हजार भन्दा बढी भ्याक्सिन संस्थाले लगाउँदै आएको छ। पछिल्लो तीन दिनमा ललितपुर महानगरपालिका स्थित पाटन दरबार क्षेत्र, मंगलबार लगायत वडा नं 12,16 र 7 मा 180 कुकुरहरुलाई रेबिज विरुद्धको खोप लगाइसकेको छ । आफ्नो टोल छिमेकमा रहेका कुकुरहरुलाई नियमित रूपमा रेबिज भ्याक्सिन लगाई सुरक्षित रहन यहाँहरु सम्पूर्णमा अनुरोध गर्दछौं ।
Help us to reach our goal.
DONATE
0 views0 comments