Search
  • MD

Visit of Samriddhi School at our shelter

समृद्धि स्कूल बालाजुबाट आई स्नेहाज केयर भ्रमण गर्नुभएकोमा विद्यार्थी भाइबहिनीहरुलाई धन्यवाद व्यक्त गर्दछौं । पढाई लेखाई गर्नुपर्ने आफ्नो महत्वपूर्ण समय खर्चिएर अवजबिहिन जनावरहरूको लागि पनि केही गर्नुपर्छ भनी यहाँसम्म आएर हाम्रा प्यारा कुकुर हरुको लागि चामल र बिस्कुट हस्तान्तरण गर्नु तथा जनावरसँग समय व्यतीत गर्नुले तपाईंहरू जस्ता हुर्कंदै गरेका नेपाली सन्ततीहरू वास्तवमै दयालु, सहयोगी र जनावरप्रेमी हुनुहुन्छ भन्ने आभाष भएको छ l पशु कल्याण स्थापनाको यो अभियानमा यहाँहरु जस्ता युवा पुस्ताको साथ, सहयोग र सहभागिताले हामीलाई थप ऊर्जा प्रदान गर्नेछ ।

स्नेहाज केयर लाई नै छनोट गरी यो भ्रमणको लागि पहल गर्नुहुने समृद्धि स्कूलका आदरणीय शिक्षकहरू तथा विद्यार्थी भाइबहिनीहरू लगायत सम्पूर्णमा आभार प्रकट गर्दछौं ।

Help us to reach more animals in need.

DONATE

#Donate #Donations

0 views

© 2020 Sneha's Care. All rights reserved.

Sneha's Care is a  non-profit animal welfare organization, based in Kathmandu, Nepal. 

 

We take action to STOP  the animals from suffering.

info@snehacare.com

German Supporter - www.snehacare.de