- MD
Scabies treatment
कुकुरहरुमा देखिने छालाको रोग जस्लाई लुतो भनेर चिनिन्छ, सामान्य हेरविचार गर्न सके अनि समयमा उपचार गर्न सकियो भने सजिलै निको पार्न सकिन्छ । शरीर एकदमै चिलाउने हुनाले यो रोग लागेपछि एकै ठाँउमा बस्न नसक्ने हुनाले रोगी जनावर यताउती दौडिने गर्छ । लुतो लागेर शरीरभरि घाउ भएको यो कुकुर गोलढुंगा काठमाडौंमा सबैको घृणाको शिकार भएको अवस्थामा जनावर प्रेमी सविना भण्डारीले खबर गर्नुभएपछि हाम्रो संस्थाको उपचार टोली गई आवश्यक उपचारको साथै नुहाई धुवाई गरी जरुरी औषधि छोडी आएको छ । हामीलाई विश्वास छ कि उसलाई चाँडै निको हुनेछ । तपाईहरुको टोल छिमेकमा पनि जनावरहरुले दुःख पाइरहेका छन् भने आफूले सक्दो सहयोग गर्नुहोला । त्यसमा कुनै प्राविधिक सहयोग आवश्यक छ भने हामी यथासक्य प्रयत्न गर्नेछौं ।
Help us to reach our goal.
DONATE
2 views0 comments