Search
  • MD

Happy Chintu

एउटा सुन्दर घर, दुई साना नानीहरू अनि प्रिय चिन्टु । यी तीनै चिजहरुले त्यस घरलाई अझै सुन्दर बनाएको छ । वास्तवमा एउटा घर त्यतिबेला सुन्दर हुँदोरहेछ, जतिबेला त्यस घरमा परिवारका सदस्यहरू जस्तै एउटा कुकुर हुन्छ । सानेपा निवासी सुबेश चौधरीले आफ्नी सानी छोरी जनावरसँगको सामिप्यतामा हुर्कियोस् भन्ने हेतुले चिन्टुलाई आफ्नो घर लैजाने निर्णय गर्नुभयो । चराहरू सँग जिस्किन चिन्टुलाई असाध्यै मन पर्छ र भयो पनि त्यस्तै । घरको छतमा चराहरू आइरहने हुनाले उसको दिनचर्या उनीहरूसँग खेल्दै बित्छ । हामीलाई विश्वास छ कि चौधरी परिवारले उस्लाई खुसी साथ राख्नुहुनेछ । प्रिय चिन्टुको सुखद् जीवनको लागी शुभकामना व्यक्त गर्दै श्री सुबेश चौधरी प्रति धन्यवाद व्यक्त गर्दछौं ।

Help us to help more animals in need.

DONATE

#Adoptedfromshelter #DogAdoption

0 views

© 2020 Sneha's Care. All rights reserved.

Sneha's Care is a  non-profit animal welfare organization, based in Kathmandu, Nepal. 

 

We take action to STOP  the animals from suffering.

info@snehacare.com

German Supporter - www.snehacare.de