Search
  • MD

Dog with deep wound

विभिन्न अप्ठ्यारा र समस्याहरुको बाबजुद पनि स्नेहाज केयरको स्थलगत उपचार कार्य (Mobile Treatment) जारी नै छ । एउटा पशु कल्याणकारी सँस्थाको नाताले हामी जे गर्न सक्छौँ, त्यो गरिनै रहेका छौँ । यि सबै कुराहरु सम्भव हुनुमा तपाँइ पशु प्रेमीहरु तथा सुभेच्छुकहरुको सहयोग र हौसलाको प्रमुख भूमीका रहेको छ ।

हरिसिद्धि मन्दिरमा बस्ने यो कुकुर घाईते भई लामो समयदेखि दुःख पाईरहेको रहेछ । स्थानीय जनावर प्रेमी सचिता महर्जनले उस्को दर्दनाक अवस्था देखि स्नेहाज केयरलाई खबर गर्नुभएपश्चात हाम्रो आकस्मिक उपचार टोलि गई उपचार गरेको छ । घाउ निकै गहिरो र संक्रमीत भईसकेकोले निको हुन केहि समय लाग्नेछ । घाउको सरसफाई र उपचार पश्चात आवश्यक थप औषधी छोडिएको छ । हामी उस्को शिघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ ।

समस्यामा रहेका अझै धेरै जनावरहरुको सहयोगको लागीः

DONATE

#InjuredDog #animalhelp #animaltreatment

0 views

© 2020 Sneha's Care. All rights reserved.

Sneha's Care is a  non-profit animal welfare organization, based in Kathmandu, Nepal. 

 

We take action to STOP  the animals from suffering.

info@snehacare.com

German Supporter - www.snehacare.de