Search
  • MD

Let's be the voice of voiceless animals

सन्दर्भ नं.१ः कैलाली जिल्लाको घोडाघोडी नगरपालिकाले छाडा गाई गोरु व्यवस्थापन गर्ने भनी सुखड बजारबाट १२ किलोमिटर टाढा चुरेको जंगलमा काँढेतारले बारेर करिब ३००० गाईहरु राखेकोमा ६ महिनाको अवधिमा करिब २२०० गाईहरु भोक, प्यास र रोगका कारण अकाल मृत्यूको शिकार भए । घटनाको बारेमा जानकारी पाउने बित्तिकै स्नेहाज केयर त्यस स्थानमा पुग्यो, बाँकी रहेका गाईहरुको उपचार र दानापानीको साथै गाँउको नजिकै ४०० गाईहरु अटाउने गौशाला निर्माण गरिदियो । सँस्थाको टोलि काठमाडौँ फर्कीएको २ महिना नबित्दै व्यवस्थापन गर्न नसक्ने भन्दै नगरपालिकाले सबै गाई सडकमा छोडिदियो । दोषिहरु अझै खुलेआम हिँडिरहेछन् । माला पगरी लगाईरहेकै छन् ।

सन्दर्भ नं. २ः नेपालगञ्जबाट दैलेखको श्रीस्थान लैजाने भनी नेपालगञ्ज उपमहानगरपालिकाले पठाएका २९९ वटा गाईहरुलाई सुर्खेतको कटकुवा जंगलको भिरबाट खसाल्दा घटनास्थलमा नै २० वटा गाईहरु मरे । हालसम्म ३८ वटा गाईहरु मरिसकेका छन्, अझै कति मरणासन्न अवस्थामा छन् । यस घटनामा सँलग्न मानिनुपर्ने मूख्य दोषिहरु अहिले पनि अबिर माला लगाएर सार्वजनिक स्थानमा भाषण गर्दै हिँडिनै रहेका छन् ।

सन्दर्भ नं. ३ः नवलपरासी जिल्लाको सरावल गाँउपालिकामा गाईको विभत्स ढंगले हत्या भयो । घटनाका दोषिको आजसम्म अत्तोपत्तो छैन । जिम्मेवार निकाय कानमा तेल हालेर बसिरहेको छ ।

सन्दर्भ नं. ४ः आजै मात्र नुवाकोट जिल्लाको विदुर नगरपालिकामा गाईलाई जिउँदै खाल्टोमा हालेर पुर्दै गरेको स्थानीयहरुले थाहापाई प्रहरीलाई खबर गर्दा अभियूक्त फरार भएकोमा प्रहरी तथा नेपाली सेनाको टोलिले गाईलाई जिवितै उद्धार गर्न सफल भएको छ ।

श्रृङ्खलाबद्ध रुपमा भईरहेका यस्ता घटनाहरुले नेपाली समाजको दुरावस्थाको संकेत गरिरहेको छ । धर्म, सँस्कृति,मानवता तथा नेपालीपनको विरासतमाथी धब्बा लगाउने यस्ता घटनाका दोषिलाई कारबाहि गरि जनतालाई कानुनि राज्यको प्रत्याभूति दिलाउन यो सरकारलाई किन समस्या परिरहेछ ? यहाँ इच्छाशक्तीको कमी छ नेतृत्वमा, यहाँ स्वार्थ लुकेको छ जिम्मेवार निकायमा । आउनुहोस् आवाज उठाऔँ यस्ता वेथितिहरुको विरुद्धमा । यो एउटा जिम्मेवार नागरिकाको कर्तव्य हो ।

तस्बीर श्रेयः नुवाकोट खबर, मुकुन्द नेपाल र सूर्यप्रकाश कँडेलको फेसबुक तथा स्नेहाज केयर

Help us to work for animal rights and animal welfare.

DONATE

#DeadBody #animalcruelty

0 views

© 2020 Sneha's Care. All rights reserved.

Sneha's Care is a  non-profit animal welfare organization, based in Kathmandu, Nepal. 

 

We take action to STOP  the animals from suffering.

info@snehacare.com

German Supporter - www.snehacare.de