Search
  • MD

Let's work together for animal rights and animal welfare

सुर्खेत बिरेन्द्रनगरको कटकुवा जंगलमा एकैपटक २३ ओटा गाईहरु मृत भेटिनु र सोहि स्थानमा १५० जिवित गाईहरु वेवारिसे अवस्थामा भेटिनुले हामी पशु कल्याणकर्मी तथा आम जनमानसका मनमा विभिन्न किसिमका प्रश्नहरु उब्जिएका छन् ।

नेपालगञ्ज उपमहानगरपालिकाको काञ्जि हाउसबाट लगिएको भनिएका ति गाईहरु कुन प्रकृया पूरा गरि नगरले पठायो र को व्यक्तिलाई पठाईयो भन्ने स्पष्ट छैन । पाल्नका लागी लगिएको भए बिच जंगलमा किन छोडियो ? के ति गाईहरु कालगतिले मरेका हुन् ? वा त्यसमा कसैको कर्तव्य छ ? तराईका गाईहरु पहाडमा कसरी बाँच्न सक्लान भनेर कसैले अध्ययन गर्यो वा हचुवाको भरमा पठईयो ? के एउटा जिम्मेवार सरकारी निकायले यस्तो अपरिपक्व निर्णय गर्न सुहाँउछ ? सिमित व्यक्तिगत स्वार्थ र आर्थिक लाभका लागि सम्बन्धित निकाय यति निरिह देखिनुले कानुन र कानुनी राज्यप्रतिको जनताको विश्वास टुटिरहेको छ । पशुपंक्षि विकास मन्त्रालय, प्रदेश सरकार, पशु सेवा विभाग, नगरपालिका, प्रहरी प्रशासन सबै कसरी कुनै ठोस योजनाविना मौन बसिरहेछन् ? के यो धार्मीक सामाजिक आस्थामाथीको प्रहार हैन र ? के यो राज्यको लापरबाहि हैन र ? के यो राज्यको दायित्वभित्र पशुपंक्षिहरुको मानवीय व्यवस्थापन पर्दैन र ? कैलालीको घोडाघोडी नगरपालिकाको चरम लापरबाहिका कारण भोक, प्यास र ओतको अभावमा हजारौँ गाईहरु चुरेको जंगलमा मरेको घटना अझै ताजै छ । त्यसमा पनि सरकार कानमा तेल नै हालेर बसेको थियो । यो राज्यले समाधान नै गर्न नसक्ने समस्या हो भने संकटकाल घोषण गर अनि मानवीय समाधान खोज सरकार । सरकार पनि देशको कानुनभन्दा माथी छैन त्यसैले यसरी निर्दोष जनावरलाई तड्पाई तड्पाई मार्ने अधिकार कसैलाई छैन ।

हामी यस सम्बन्धमा के कसरी सहयोग गर्न सकिन्छ भन्ने विषयमा परामर्श गरिरहेका छौँ । नेपालगञ्जमा रहेका पशु कल्याणकर्मीहरुसँग मिलेर यि गाईहरुको सहयोगार्थ केहि गर्ने हाम्रो प्रयत्न रहेनछ ।

तस्बीर सापटीः सूर्यप्रकाश कँडेलको फेसबुकबाट

Help us to work for animal rights and animal welfare.

DONATE

#DeadBody #animalrights #animalwelfare

0 views

© 2020 Sneha's Care. All rights reserved.

Sneha's Care is a  non-profit animal welfare organization, based in Kathmandu, Nepal. 

 

We take action to STOP  the animals from suffering.

info@snehacare.com

German Supporter - www.snehacare.de