- MD
Wounded dog hit by the vehicle
ललितपुर भैँसेपाटीबाट पशुप्रेमी अमर श्रेष्ठले एउटा कुकर निकै दयनीय अवस्थामा छ भनेर खबर गरेपछि स्नेहाज केयरको आकस्मिक उपचार टोली तुरुन्त त्यहाँ पुग्यो । टाउकोमा लागेको चोट र त्यसमा किरा परेको कारण पिडाले यताउति छट्पटिदै हिँडदा एउटा गाडिले ठक्कर दिएर सडक छेउको हिलोमा पछारिदिएको, उसको पिडाको कुनै सिमा नै थिएन । स्नेहाज केयरको उपचार टोलिले आकस्मिक प्राथमिक उपचार गरि उसलाई उद्धार गरि हाल अस्पतालमा उपचारको गरि राखिएको छ । पहिलेदेखिनै लुतोले ग्रस्त शरिर, त्यमाथी टाउकोमा किरा परेको चोट अनि गाडिको ठक्करले थिलथिलो भएको उसलाई निको हुन केहि समय लाग्ने छ । समयमा नै हामीलाई खबर गरि उद्धारमा सहयोग गर्ने अमर श्रेष्ठ धन्यबादको पात्र हुनुहुन्छ । हामी उसको शिघ्र स्वाथ्यलाभको कामना गर्दै निरन्तर आवश्यक उपचार र सहयोगमा लागिरहनेछौँ ।
हाम्रो सहयोगको जरुरी रहेका अझै धेरै जनावरहरुको सहयोगको लागी हामीलाई तापाँईहरुको न्यानो माया, सदभाव र सहयोगको जरुरी पर्दछ ।
DONATE
#InjuredDog #Maggots #animalhelp #animaltreatment #Hitandrun #hitrun