- MD
Hit and run case
अकस्मात् कताबाट एउटा मोटर आयो , अनि उसलाई हानेर हुँइकिगयो । मोटरभित्र सायद कुनै महँगो होटलमा महँगो मदिरा पिएर आएको महँगो इज्जत भएको मानिस हुनुपर्छ अनि शायद मोटर पनि महँगो । तर खानाको खोजिमा सडकमा निस्किएको उसलाई त्यो रात निकै दुःख र पिडाले लखेटिरह्यो । महँगो इज्जतबाला मोटरवालाले उसलाई फर्केर हेर्नु कर्तव्य ठानेन । मोटर त चिल्लो सडकमा दौडिहाल्यो, तर उसको लागि पिडाको कोसेली छोडिदियो ।
छाउनीको सडकमा अलपत्र अवस्थामा रहेको आज ७ दिन भयो । मलाई दुख्यो, भोक लाग्यो, तिर्खा लाग्यो भन्ने आवाज छैन । बाटोमा मानिसहरु मुख छोपेर हिँड्न थालेपछि बल्ल उसलाई कुहिएको घाउभित्र किराहरु सल्बलाएको महसुस भयो अनि रुन लाग्यो आत्तिएर ।
दयालु हृदयका कमल खत्रीको आँखा जब उसमाथी पर्यो, तब उनले उसलाई सहयोग गर्ने बिचार गरे अनि स्नेहाज केयरमा लिएर आए । हामीले उसलाई आवश्यक औषधी उपचार तथा घाउको सफाई गरि सुरक्षित रुपमा राखेका छौँ । आशा छ, हामी उसलाई शिघ्र निको पार्नेछौँ ।
सहयोगी हातहरुका लागीः
DONATE