- MD
Adopt don't shop
हाम्रा आत्मीय दुईजना बच्चाहरुले प्यारो घर पाएकोमा हामी निकै हर्षित छौँ । यहाँबाट उनीहरुलाई पठाउँदा हामीलाई छोरी अन्माएको भन्दा कम्ती पिडा हुँदैन, तर पनि उनीहरुको सुःखी जीवनको लागि विदाई गर्नुको विकल्प पनि छैन ।
हाम्रा प्यारा बच्चाहरुलाई स्विकार गरि आश्रय प्रदान गर्नुहुने ललितपुर हरिसिद्धिका सुजन खड्का र रवि पाण्डेलाई धेरै धन्यबाद । स्नेहाज केयरमा अहिले १५० भन्दा धेरै कुकुरहरु बसिरहेका छन् । उनीहरु सबैलाई मायालु घर र तपाँइजस्तै मायालु मनको जरुरी छ ।
त्यसैले महँगो मूल्यमा कुकुर किनेर नपालौँ । सडकमा दुःख पाएका कुकुरहरु तपाँइको न्यानो मायाको पर्खाइमा दर्के झरी, ठिहिर्याउने जाडो र भतभती पोल्ने घाममा बसिरहेछन् । एउटा महँगो कुकुर किन्ने पैसाले सडकका धेरै कुकुरहरुलाई मद्दत पुग्न सक्छ ।
सहयोगी हृदयहरुका लागि
DONATE
0 views0 comments