Search
  • Sk

Suffering Calf

कति रोए होलान् ती आँखा पिडामा ! आफ्नो आमा सँग छुटिने पिडा एकातिर र घाउको दुखाई अर्को तिर। हाम्रो नेपालमा गाईलाई राष्ट्रिय जनावरको रुपमा पुजा गर्छौ तर त्यही गाईलाई उसको दुधको लागि उसको बच्चासंग टाडा पनि गर्दछौ। के येही नै हो मानव धर्म ? के येही नै हो हाम्रो संस्कारले हामीलाई सिकाएको ? किन बुझ्दैनौँ कि त्यो आमालाई उसको बाछा बाट छुटाउदा आमा र बाछा को मन कति रुँदो हो। हामी त केवल दुध बेचेर पैसा कमाउन र आफ्नो पेट भर्न मात्रै जानेका छौँ। हामीलाई त्यो बच्चा र उसको आमाको भावनाको के कदर? यो बाच्छो वनस्थली र बालाजुको बिचको डाँडामा घाउको कारण छटपटी रहेको थियो। शिव प्रसादज्यूले उसकाे हालत देख्न नसकेर हामीलाई खबर गर्नु भयाे। हाम्रा साथीहरु त्यहाँ पुगेर त्यो बाच्छोको उपचार गर्नुभयो। यो त हाम्रो सुचनामा आएको कारण हामीले चाँहिदो उपचार दिन सफल भयौ। कति बाच्छाहरु होलान् यस्तै दुरावोस्थामा तडपिएका ? जबसम्म हामीमा स्वार्थको भावना मर्दैन हामी यस्ता बाच्छाहरुलाई न्याय दिन असमर्थ हुन्छौँ। त्यसैले एकपटक सोचौँ र यी बाच्छाको नराम्रो दिन आउने वातावरणलाई सिर्जना नगरौँ।

Donate today.

#AnimalWelfare #SnehaShrestha #SnehasCare #InjuredCow #nepal #VolunteerinNepal #charity #donations #MedicineDonation

1 view

© 2020 Sneha's Care. All rights reserved.

Sneha's Care is a  non-profit animal welfare organization, based in Kathmandu, Nepal. 

 

We take action to STOP  the animals from suffering.

info@snehacare.com

German Supporter - www.snehacare.de