Search
  • MD

अलबिदा प्राणप्रिय फिलिक्स !!!

कसरी व्यक्त गरौँ तिमीलाई गुमाउनुको पिडा । शब्दहरु फिक्का बनिरहेछन् यहाँ । तिम्रो वियोगको वेदनामा हामी सबै निशब्द छौँ तडपिरहेछौँ ।

अठ्ठाईस महिना अघि तिमीलाई मृत्युको मुखबाट खोसेर ल्याएथ्यौँ,

मृत्यूको अँध्यारो त्रासदीले कैयौ पटक तिमीलाई तर्साएथ्यो । त्यतिबेला सँगै मिलेर त्यसको सामना गरेथ्यौँ ।

तर अफसोच !

आज दैवले झुक्यायो हामीलाई,

चुँडेर लग्यो दैवले तिमीलाई,

तिम्रा हर धडकनको आभाष छ यो मुटुभरी,

तिम्रा हर चञ्चलताहरु नाच्छन् यि आँखाभरी,

कसरी बिर्सौ तिमीलाई आज,

तिम्रो स्मृतिका डोवहरुमा आँशु छचल्कीरहेछन्,

आकाशतर्फ फर्किदै तिमीलाई हेरीरहेछौँ,

अलबिदा प्राणप्रिय फिलिक्स !!!



© 2020 Sneha's Care. All rights reserved.

Sneha's Care is a  non-profit animal welfare organization, based in Kathmandu, Nepal. 

 

We take action to STOP  the animals from suffering.

info@snehacare.com

German Supporter - www.snehacare.de