Search

Dog suffering from cancer

जब हामी बिरामी जनावरको उपचारको लागि जान्छौँ, त्यहाँ स्थानीयबासिहरुको सहयोगमा उपचार गर्नुको एउटा बेग्लै प्रभाव र अर्थ रहन्छ । बिरामी तथा घाईते अवस्थाका जनावरहरुलाई सहज उपचार सेवा प्रदान गर्नका लागि स्नेहाज केयरले सञ्चालन गरेको घुम्ती उपचार सेवाका आफ्नै चुनौतिहरु छन् । प्रतिकुल मौसम, खराब र सबारी जामयूक्त बाटो अनि उपचारका क्रममा कतिपय स्थानमा स्थानीय सहयोग नहुनु हाम्रा चुनौतिहरु हुन् । तर सम्पूर्ण अप्ठ्याराहरुका बावजुद पनि जनावरहरुलाई उपचार गर्न पाउँदा र उनीहरु निको भएको देख्दा काम गर्ने उत्साह र हौसल्ला प्राप्त हुन्छ । क्यान्सरबाट पिडित यो कुकुरलाई हामीले किमोथेरापिद्धारा उपचार गरिरहेका छौँ । यो रोग अत्यन्तै पिडादायि हुने भएकोले समयमा नै उपचार नपाउँदा जनावरको मृत्यू हुन सक्छ । सडकमा यस्तो उपच

World Rabies Day 2019

"खोप लगाऔं रेबिज उन्मूलन गरौं" भन्ने मूल अभिप्रायका साथ विश्व रेबिज दिवस 2019 आज मनाइयो । सन् 2030 सम्म नेपालबाट रेबिज उन्मूलन गर्ने राज्यको लक्ष्य पूरा गर्नका लागि हामीले ललितपुरका विभिन्न स्थानहरूमा रेबिज भ्याक्सिन लगाउने कार्यक्रम सञ्चालन गरिरहेका छौं । त्रिपुरेश्वर काठमाडौंमा मनाइएको तेर्हौ विश्व रेबिज दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा सहभागि भई ललितपुर महानगरपालिका वडा नं 21 मा 155 सामुदायीक कुकुरहरुलाई भ्याक्सिन लगाएर आजको रेबिज दिवस मनाएका छौं । रेबिज सँग सावधान रहँदै मानव स्वास्थ्य अनि पशु स्वास्थ्य प्रवर्द्धन गर्दै रेबिज उम्नमुलन गर्नका लागि आफ्नो टोल छिमेकमा रहेका कुकुरहरुलाई नियमित रूपमा रेबिज भ्याक्सिन लगाई सुरक्षित रहन यहाँहरु सम्पूर्णमा अनुरोध गर्दछौं । Help us to work for

Thank you actress Ms. Barsha Raut and the group

We would like to thank you, famous, kind-hearted and beautiful actress Ms. Barsha Raut for visiting our shelter and donating Rs. 8750 for our loving paws. We at Sneha's Care deeply appreciate your expression of kindness and support for our furry friends. We firmly believe when thoughtful individuals like you start to help animals; surely one day the world will be changed for the better. Help us to help more animals in need. DONATE #Donate #Donations #animalhelp

Heart touching Story

सानो छँदा उ कति राम्रो र मायालु थियो । सबैले देखाउने स्नेहले उसलाई कति खुसी बनाउँथ्यो होला ? जब बुढेसकाल लाग्यो, रोगले च्याप्न थाल्यो अनि सबैको बोझ भयो ऊ । आँखामा पलाएको ट्यूमरले एउटा आँखा नै गुमाउनु पर्दा अनि सबैले नराम्रो व्यवहार कति मन रोयो होला उसको ? बाँच्ने रहर नहुँदा नहुँदै पनि कुनै उपाय थिएन आफ्नै मालिकको दुर्व्यवहार सहनु र घर बाहिरको सानो खोरमा थुनिएर दिन रात बिताउनु । अझ पीडा त त्यतिखेर भयो, जब अन्धकार झरी परेको रातमा उसलाई बीच सडकमा छाडियो । त्यो कहालीलाग्दो रात उस्को दुःखको यात्राको सुरुवात थियो । सडकमा खाना खोजेर खान नजानेको उसले कैयौं दिन भोक भोकै बितायो । जनावर प्रेमी प्रकाश भन्डारीले उस्को दर्दनाक अवस्था देखि स्नेहाज केयरलाई खबर गर्नुभएकोले हाम्रो उपचार टोलीले आवश्यक उपचार

अलविदा प्रिय कंगारु!!!!

अलविदा प्रिय कंगारु!!!! तिम्रो स्वर्गबासको लागि ईश्वरसँग प्रार्थना गर्दछौँ । मृत्यू शाश्वत सत्य हो र पनि स्विकार्न गाह्रो हुने रहेछ । थाहा छ सबैले एकदिन यो सँसार छोड्नु पर्छ, तर बाँच्नेलाई यो पिडा मुटुमै गढिरहने रहेछ । हाम्रा हर प्रयासहरु यो सत्यका अगाडी विफल भईदिए । अत्याधुनिक भनिएको औषधी विज्ञान ससफल भयो तिम्रा खातिर । तिमीसँग बिताएका यि दुईवर्ष अविष्मरणीय रहेनछन् । तिम्रा ति पदचापहरु ताजै छन् यो हृदयमा, तिमीले मायाले टोकीदिँदा मेरा पाखुरामा बसेका डोबहरु हेरिरहनेछु तिम्रो सम्झनामा । हामीबाट कुनै गल्ती भएको भए स्वर्गबाट नै क्षमा दिनु है । तिम्रा अरु साथीहरु र हाम्रा लागि सदैब आशिर्वाद दिइरहुनु । अलविदा प्रिय कंगारु!!!! Help us to save more animals. DONATE #DeadBody

बुझिदिउ यो व्यथा

साटौं त्यो व्यथा, साट्ने कोही छैन, बुझिदिने यो दुःख उसको कोही छैन, आवाज छैन बताउन मलाई दुख्यो मलाई पोल्यो, घाउ भरी किरा, चलिरहेछन्, छट्पटीले यता उता गर्छ, कुहिएको घाउ बाट नराम्रो गन्ध आउँछ, अनि बजिरन्छन् लात्ती अनि लठ्ठीहरु उस्को दुखिरहेको घाउ माथि । र ठोक्किन्छ उसको चित्कार डाँडाकाँडा भरी, पोकिन्छन् आँशु धारा धुलाम्मे सडकभरी बर्सिन्छन् ढुङ्गा इट्टा हरु फेरि पनि, उसैगरी, जसरी बर्सिन्छ असिना पानी कहालीलाग्दो चिसो रातमा । आखिर बुझिदिने कसले त उनीहरूको पीडा ? कस्ले बनाइदिने उनीहरूको लागि कानून ? कस्ले गर्ने त माया ? हामीले नगरे ??? Help us to help more animals in need. DONATE #InjuredDog #animalhelp #animaltreatment

Donation for the welfare of the animals

Thank you so much Pradhan Family ( Samragyi, Aarav & Gangalal) for visiting our shelter and donating Rs. 15000 for our loving paws. We at Sneha's Care deeply appreciate your expression of kindness and support for our furry friends. We firmly believe when thoughtful individuals like you start to help animals; surely one day the world will be changed for the better. Help us to reach more animals in need. DONATE #Donate #Donations #animalhelp #animalwelfare

Best method to control population of dog

There is always answer to cruelty. The concurrent issues regarding cruel methods of dog population has a scientific answer and that is SPAY & NEUTER. Yes, since our establishment we are practising neutering (बन्ध्याकरण) of male and female dogs. Everyday we neuter dogs with humane method. This is the best possible scientific and humane method to control street dog population instead of poisoning and brutal killing by beating and all. We manage the surgical pain with proper anaesthesia(बेहोस बनाएर) and painkillers. We take special attention to asepsis to prevent infection. The dogs recover the wound within 7 days and they are sterile for life which means humane and proper population control of

Dog with deep wound

आखिर पाँचौं पटकमा उस्लाई हामीले भेटेर उपचार गरिछाड्यौ । ढाडमा गाहिरो घाउ बोकेर कीर्तिपुर बाघभैरव मन्दिर वरपर भौतारिरहेको उसलाई धेरै मानिसहरूले देखे अनि हामीलाई ती सबै मानिसहरूले संदेश पठाए । संस्थाले उपचारका लागि चार पटक प्राविधिकहरु पठायो, तर भेट्न सकिएन । जनावर प्रेमी राजेन्द्र जी ले उसको दुःख देख्न नसकी सहयोग गर्ने विचार गर्नुभयो अनि उसलाई बाँधेर राखी हामीलाई खबर गर्नुभयो । तुरन्तै हाम्रो उपचार टोली बाघभैरव पुगी आवश्यक उपचार गरेको छ । जनावरहरुलाई सहयोग गर्न पाउँदा र उपचार पछी उनीहरू निको भएको देख्दा खुसीको सीमा नै हुन्न, जस्ले असहज परिस्थितिमा पनि निरन्तर काम गर्न ऊर्जा प्रदान गरिरहन्छ । Help us to help more animals in need. DONATE #InjuredDog #animalhelp #animaltreatment

खोप लगाऔं रेबिज उन्मूलन गरौं

खोप लगाऔं रेबिज उन्मूलन गरौं । विश्व रेबिज दिवस 2019 को यो नाराले रेबिज उन्मुलनको लागि रेबिज भ्याक्सिन महत्वपूर्ण छ भन्ने कुरामा जोड दिएको छ। यस वर्षको विश्व रेबिज दिवसको अवसरमा मात्र स्नेहाज केयरले ललितपुर महानगरपालिका तथा ललितपुर जिल्लाका दुई हजार भन्दा धेरै सामुदायीक कुकुरहरुलाई रेबिज रोग विरुद्धको खोप लगाउने लक्ष्य राखेको छ । तर वार्षिक रूपमा आठ हजार भन्दा बढी भ्याक्सिन संस्थाले लगाउँदै आएको छ। पछिल्लो तीन दिनमा ललितपुर महानगरपालिका स्थित पाटन दरबार क्षेत्र, मंगलबार लगायत वडा नं 12,16 र 7 मा 180 कुकुरहरुलाई रेबिज विरुद्धको खोप लगाइसकेको छ । आफ्नो टोल छिमेकमा रहेका कुकुरहरुलाई नियमित रूपमा रेबिज भ्याक्सिन लगाई सुरक्षित रहन यहाँहरु सम्पूर्णमा अनुरोध गर्दछौं । Help us to reach our goal. DO

शान्ति पदयात्रा

मैले खाने हरेक गाँस अहिंसाको होस्, मैले निल्ने हरेका घुट्को हिंसारहित होस्, मेरा हरेक पाईलाहरु शान्तिका लागि चलुन्, हर श्वाँस शान्तिको फेर्न पाउँ, मेरो यो तपोभूमी हिंसारहित, शान्त र समुन्नत बनोस् । नेपालका विभिन्न धार्मीक मठ मन्दिरमा हुने पशुवली अन्त्यका सचेतना अभिवृद्धि गर्ने उद्देश्यले हिजो आयोजना गरिएको शान्ति पदयात्रा भव्यताका साथ सम्पन्न भएको छ । राजधानीको रत्नपार्कबाट शुरु भएको पदयात्रा बागबजार, डिल्लीबजार, ज्ञानेश्वर हुँदै नारायणचौर नक्सालमा गएर समाप्त भएको थियो । पशुवली एउटा अन्धविश्वास र जघन्य अपराध भएकोले कुनै पनि हिसाबले यो न्यायसंगत छैन । त्यसैले धर्मका नाउँमा हुने कुनैपनि किसिमको प्राणीहत्या न्यायोचित र धर्मसंगत छैन । सम्पूर्ण प्राणीहरु इश्वरका सन्तान हुन्, त्यसैले भववती देव

Visit of Samriddhi School at our shelter

समृद्धि स्कूल बालाजुबाट आई स्नेहाज केयर भ्रमण गर्नुभएकोमा विद्यार्थी भाइबहिनीहरुलाई धन्यवाद व्यक्त गर्दछौं । पढाई लेखाई गर्नुपर्ने आफ्नो महत्वपूर्ण समय खर्चिएर अवजबिहिन जनावरहरूको लागि पनि केही गर्नुपर्छ भनी यहाँसम्म आएर हाम्रा प्यारा कुकुर हरुको लागि चामल र बिस्कुट हस्तान्तरण गर्नु तथा जनावरसँग समय व्यतीत गर्नुले तपाईंहरू जस्ता हुर्कंदै गरेका नेपाली सन्ततीहरू वास्तवमै दयालु, सहयोगी र जनावरप्रेमी हुनुहुन्छ भन्ने आभाष भएको छ l पशु कल्याण स्थापनाको यो अभियानमा यहाँहरु जस्ता युवा पुस्ताको साथ, सहयोग र सहभागिताले हामीलाई थप ऊर्जा प्रदान गर्नेछ । स्नेहाज केयर लाई नै छनोट गरी यो भ्रमणको लागि पहल गर्नुहुने समृद्धि स्कूलका आदरणीय शिक्षकहरू तथा विद्यार्थी भाइबहिनीहरू लगायत सम्पूर्णमा आभार प्रकट गर्दछ

Mass Anti-Rabies Vaccination Campaign.

रेविज एक प्राणघातक रोग हो । यो रोगको उपचार हालसम्म पत्ता लागेको छैन । रेविज संक्रमित कुकुर, बिरालो, स्याल, ब्वाँसो, चमेरा, मुसा, न्याउरीमुसा लगायतका जनावरहरुका कारण रेविज रोग एक जनावरबाट अर्को जनावरका साथै मानिसमा लाग्न सक्छ । रेविज प्राणघातक रोग हुँदाहँदै पनि थोरै मात्रै सावधानी अपनाउन सके यसबाट बच्न सकिन्छ । यदि हामीले हाम्रो घर, टोलछिमेक तथा समुदायका कुकुर बिरालोहरुलाई वार्षिक रुपमा रेविज विरुद्धको खोप लगाउन सके यसबाट बच्न सकिन्छ । रेविज विरुद्धको खोप लगाउनु नै रेबिज बाट बच्ने प्रमुख उपाय हो । रेविज रोग नियन्त्रणका लागि आवश्यक जनचेतना अभिवृद्धि गर्दै यस सम्बन्धमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्नका लागि हरेक वर्ष सेप्टेम्बर २८ तारिखका दिन “विश्व रेविज दिवस” मनाउने गरिन्छ । यस वर्षको विश्व

Scabies treatment

कुकुरहरुमा देखिने छालाको रोग जस्लाई लुतो भनेर चिनिन्छ, सामान्य हेरविचार गर्न सके अनि समयमा उपचार गर्न सकियो भने सजिलै निको पार्न सकिन्छ । शरीर एकदमै चिलाउने हुनाले यो रोग लागेपछि एकै ठाँउमा बस्न नसक्ने हुनाले रोगी जनावर यताउती दौडिने गर्छ । लुतो लागेर शरीरभरि घाउ भएको यो कुकुर गोलढुंगा काठमाडौंमा सबैको घृणाको शिकार भएको अवस्थामा जनावर प्रेमी सविना भण्डारीले खबर गर्नुभएपछि हाम्रो संस्थाको उपचार टोली गई आवश्यक उपचारको साथै नुहाई धुवाई गरी जरुरी औषधि छोडी आएको छ । हामीलाई विश्वास छ कि उसलाई चाँडै निको हुनेछ । तपाईहरुको टोल छिमेकमा पनि जनावरहरुले दुःख पाइरहेका छन् भने आफूले सक्दो सहयोग गर्नुहोला । त्यसमा कुनै प्राविधिक सहयोग आवश्यक छ भने हामी यथासक्य प्रयत्न गर्नेछौं । Help us to reach our goal

Day 1 of Mass Anti-Rabies Vaccination Campaign

RABIES: VACCINATE TO ELIMINATE Rabies is zoonotic disease which can be transmitted in between all mammals. The most encountered hosts of rabies in community are dogs, cats and foxes. Rabies is 100% vaccine preventable. We aim to control the rabies prevalence in our working area. We have begun our MASS ANTI-RABIES VACCINATION campaign. DAY 1 Location: Patan Durbar Square We urge for the help from all community during rabies vaccination to dogs and cats. Help us to reach our goal. DONATE #vaccinationprogram

Rabies: Vaccinate to Eliminate

Rabies: Vaccinate to Eliminate भन्ने अभिप्रायका साथ यस वर्ष मनाउन गईरहेको विश्व रेविज दिवस सदाका वर्षहरुमाझैँ यस वर्ष सेप्टेम्बर २८, २०१९ का दिन स्नेहाज केयरले पनि मनाउन गईरहेको छ । यस अवसरमा सँस्थाले ललितपुर जिल्लाका विभिन्न स्थानहरुमा सामुदायिक कुकुरहरुलाई निशुल्क रुपमा रेविज विरुद्धको खोप लगाउने कार्यक्रम भोली मिति २०७६ साल आश्विन १ गतेदेखी सुरु गर्न गएकोले यस अभियानमा सहभागिता जनाई बढीभन्दा बढी कुकुरहरुलाई रेविज विरुद्धको खोप लगाई सन् २०३० सम्म नेपालबाट रेविज उन्मुलन गर्ने राज्यको लक्ष्य पूरा गर्नका लागि आवश्यक सहयोग गर्नुहुन विनम्र अनुरोध गर्दछौँ । रेविजबारे सचेतना फैलाऔँ, रेविज खोपलाई प्राथमिकतामा दिउँ, रेविज उन्मुलनमा सहयोग गरौँ । DONATE #vaccinationprogram

Donation for the welfare of the animals

Thank you so much Rokesh Gurung jee for fundraising on your birthday. It really motivates us when a people like you support our cause. Thanks Gita Gurung Jee for handing over the raised amount and always supporting our cause. The donated amount will be used on wherever it is necessary for the welfare of the animals. Happy Birthday to you Help us to help more animals in need. DONATE #Donate #Donations

Update from the Besishar, Lamjung dog killing

FAWN team has met CDO Dr. Dijan Bhattrai, Asst. CDO Mr. Kajiman Sunar of Lamjung Dustrict and Mayor of Besisahar municipality Mr. Guman Singh Aryal. They are positive towards the solving the dogs problem with the collaboration with FAWN. We have talked to them regarding animal welfare and they agreed to adhere to animal rights and welfare. The municipality has arranged the grand meeting with all stakeholders tomorrow (16 Sept 2019, 30 Bhadra 2076 Monday) at 11 am. Hope other municipalities will learn from this Besisahar municipality. Help us to help more animals in need. DONATE #AnimalWelfare #animalrights

Story of Kalu

Helping dogs might not change the world but for the dog, its' whole world changes! We met Kalu at Buddhanagar after reported by Mr. Dipendra Gyawali. Good fellow Mr. Gyawali brought Kalu upto our shelter and handed over him to us for his recovery. He also promised to take him back after getting healthy. So after he came to our shelter, he was thoroughly examined and on examination our doctor diagnosed that the dog had very bad fight with other dogs since he was not neutered and may have had accident as well due to which he had bruises over his inguinal region as well as his testicle was protruded out and developed infection. Kalu was in so bad condition and afraid and aggressive. So our do

Donation for a good cause

Thank you so much Gunu Maya Thapa and Manita Sherchan jee for visiting our shelter from Hong Kong and donating Rs. 20000 for our loving paws. We at Sneha's Care deeply appreciate your expression of kindness and support for our furry friends. We firmly believe when thoughtful individuals like you start to help animals; surely one day the world will be changed for the better. Help us to reach more animals in need. DONATE #Donate #Donations

© 2020 Sneha's Care. All rights reserved.

Sneha's Care is a  non-profit animal welfare organization, based in Kathmandu, Nepal. 

 

We take action to STOP  the animals from suffering.

info@snehacare.com

German Supporter - www.snehacare.de